धादिङमा जीप दुर्घटना : घाईते बोक्न नाईटभिजन हेलिकप्टर (घाइतेको नामावली सहित)

धादिङमा जीप दुर्घटना : घाईते बोक्न नाईटभिजन हेलिकप्टर (घाइतेको नामावली सहित)

heli

धादिङ, १७ पुस । धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ जलजलेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
रेडक्रस कर्मी, नागरीक समाज, एम्बुलेन्स, प्रहरीले उद्धार गरि धादिङेसी ल्याईएको घाईतेहरुलाई सेनाको नाईटभिजन हेलिकप्टरबाट साँझ ६ः१५ बजे काठमाडौ लगिएको छ । धादिङपोष्ट डटकमले नयूज लेखेको छ।

दुर्घटना स्थलबाट २ जना लिएर आएको प्राइभेट हेलिकप्टरमा जम्मा ४ जना काठमाडौ लगेको थियो भने साँझ परिसकेकोले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले सेनाको हेलिकप्टर मगाएका थिए ।

धादिङबेशीबाट दार्खा डुन्डुरेको लागी छुटेको ना १ झ ७३९० नम्बरको जिप जलजलेमा दुर्घटना हुँदा ७ जना गम्भीर घाईते सहित १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते हुनेहरुको नाम:

१. बिमला परियार, त्रिपुरासुन्दरी गाउँपालिका ४
२. बाबुराम प्रसाद रिजाल, नीलकण्ठ नगरपालिका ३ का
३. शिल्पा तामाङ, खनियाबास गाउँपालिका ४
४. शंकर तामाङ, खनियावास गाउँपालिका २
५. कपिल खनाल, नीलकण्ठ नगरपालिका १२
६. कुमार लामा, रुवीभ्याली गाउँपालिका ६
७. बुद्धिलामा, रुवीभ्याली गाउँपालिका ५
८. दुलाल तामाङ, रुवीभ्याली गाउँपालिका ६
९. लिला कुमारी तामाङ, खनियावास गाउँपालिका ४
१०. मुन्डी तामाङ, रुवीभ्याली गाउँपालिका ३
११. रेसा तामाङ, रुवीभ्याली गाउँपालिका ३
१२. रेसा तामाङ छोरा बर्ष ५ को श्याम तामाङ रुवीभ्याली गाउँपालिका ३
१३. शुसी तामाङ, रुवीभ्याली गाउँपालिका ३

(स्रोत : धादिङपोष्ट)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ