काठमाडौं– बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित संसदको लेखासमिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रस्टाचार भएको ठहर गरेको छ ।
बुधबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले ५२ पेजको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको छ ।
उपसमितिले आफ्नो प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश गरेको छ । उपसमितिले आज सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै हालका गृहसचिव प्रेमकुमार राई र पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न सिफारिस गरेको हो।
यस्तै, तत्कालीन पर्यटमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाही तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कानुनी प्रक्रिया अन्तर्गत कारबाही गर्न उपसमितिले निर्देशन दिएको छ। जहाज खरिदमा सहभागी अन्य सबै व्यक्तिलाई कारबाही गर्न भनिएको छ।
वाइडबडी अनियमितताबारे छानबिन गर्न लेखा समितिले केसीको गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन्।
संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन यस्तो छ, यहाँ क्लिक

सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते