रञ्जन अधिकारी, पोखरा । अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।
गण्डकन्यूजमा उनको बारे शुक्रबार समाचार प्रकाशित भएको थियो । हेर्नुहोस्ः अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए !
उनले आफूलाई समाचारप्रति कुनै आपत्ति नरहेको तर कसैको पनि तलब दिन्न नभनेको स्पष्ट पारे । ‘म आफै ऋणमा छु । ५० हजार ऋण छ । आमा रेष्टुरेन्टमै दैनिक ३०० डलर घाटामा छु त्यसैले मैले तिर्न नसकेर नै यो अवस्था आएको हो ।’ उनले भने– ‘म कसैलाई दोष दिन चाहन्नँ । हिजोका एकदमै मिल्ने साथीहरु हुन् । म आफै यो परिस्थितिमा छु ।’
उनीसँग काम गर्ने झण्डै २० जनाले ४० हजार डलर लिन बाँकी रहेको समाचार प्रकाशित भइसकेको छ । यसबारे समाचार प्रकाशित भएपछि आफ्नो घर, परिवार, आफन्तले थाहा पाएर आफूलाई असहज भएको समेत दुःखेसो पोखे । उनले आफूले तिर्न बाँकी रहेकाहरु सबैलाई आफै काम गरेर पनि तिर्ने बताए । प्रतापले भने – ‘म प्रताप रानाभाट होइन, पोखरा फूलबारी नै घर हो तर प्रताप राना हुँ । रति श्रेष्ठ थापालाई २४०० डलर तिर्न बाँकी रहेको देखिएको छ । प्रज्ज्वललाई पनि तिर्छु । त्यहाँ नाम आएका विशाल, शिवहरु पनि मसँग सम्पर्कमै छन् । प्रज्ञा बहिनी पनि सम्पर्कमै छन् । सबैलाई म पैसा तिर्छु । मिडियामा आईहाल्न पर्ने थिएन । म तिरिहाल्छु नि ।’
समाचारबारे केहि भन्नु छैन भन्दै उनले थपे – ‘म तिर्छु, धम्क्याएको छैन । मेरो फेसबुक एक्टिभ छ ।’ त्यसपछि प्रतापलाई अन्तिममा भनियो– ‘हवस् सबैको तिर्नुपर्ने जे जति रकम हो, तिरिदिनुहोस् । पैसा नपाएकाहरुले सबै पैसा पाए भनेर समाचार फेरि आउनेछ ।’
समाचार प्रकाशित भएपछि पीडितहरु दुई कित्तामा उभिए
अहिले पीडित भनिएकाहरु नै दुई कित्तामा उभिएका छन् । ५ हजार डलर नपाएका एक पीडित चितवनका प्रज्ज्वल श्रेष्ठले आफूले धेरै प्रयास गर्दा पनि पैसा नपाएको, धम्क्याएको र आफू जस्ता धेरै रहेको दोहो¥याएका छन् । महिनैजसो नेपाल पैसा पठाउने, आफूलाई मन परेकोलाई दिने तर पूरानोलाई नदिने भनेपछि ठगी नै गरेको प्रज्ज्वल लगायतका पीडितहरुको भनाई छ ।
यस्तै, समाचार प्रकाशित भएपछि प्रज्ञा थापा सम्पर्कमा आईन् । उनले अहिले आफ्नो कुनै पनि गुनासो प्रतापसँग नरहेको बताएकी छिन् । उनले कसलाई सोधेर समाचार लखेको ? भनेर प्रश्न गरिन् । उनले आफूले लिन पर्ने नरहेको बताएकी छिन् ।
एकथरीले, पैसा अब फिर्ता नपाउने देखेर नै २० जना बढी ठगिएकाले मिडियामा आउन बाध्य भएको बताएका छन् । अर्को थरीले, विस्तारै पैसा पाउँदै आएको बताएका छन् । वास्तविक पीडितहरु हामी हौं भन्नेले ‘अहिले मौन बस्नेहरुलाई हिजो रोएर हिँड्ने, अहिले धम्की आएर समाचार नै गलत जस्तो गरी प्रस्तुत हुने ?’ भनेका छन् ।
तनहुँ पूरानो घर भई पोखरा फूलबारी बस्दै आएका प्रताप राना अष्ट्रेलियामा आमा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर
समानुपातिक निर्वाचनको कार्यक्रम मंसिर २० देखि सुरु, बन्दसूची बुझाउने समय ३ दिन
यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका, बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट