रञ्जन अधिकारी, पोखरा । अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।
गण्डकन्यूजमा उनको बारे शुक्रबार समाचार प्रकाशित भएको थियो । हेर्नुहोस्ः अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए !
उनले आफूलाई समाचारप्रति कुनै आपत्ति नरहेको तर कसैको पनि तलब दिन्न नभनेको स्पष्ट पारे । ‘म आफै ऋणमा छु । ५० हजार ऋण छ । आमा रेष्टुरेन्टमै दैनिक ३०० डलर घाटामा छु त्यसैले मैले तिर्न नसकेर नै यो अवस्था आएको हो ।’ उनले भने– ‘म कसैलाई दोष दिन चाहन्नँ । हिजोका एकदमै मिल्ने साथीहरु हुन् । म आफै यो परिस्थितिमा छु ।’
उनीसँग काम गर्ने झण्डै २० जनाले ४० हजार डलर लिन बाँकी रहेको समाचार प्रकाशित भइसकेको छ । यसबारे समाचार प्रकाशित भएपछि आफ्नो घर, परिवार, आफन्तले थाहा पाएर आफूलाई असहज भएको समेत दुःखेसो पोखे । उनले आफूले तिर्न बाँकी रहेकाहरु सबैलाई आफै काम गरेर पनि तिर्ने बताए । प्रतापले भने – ‘म प्रताप रानाभाट होइन, पोखरा फूलबारी नै घर हो तर प्रताप राना हुँ । रति श्रेष्ठ थापालाई २४०० डलर तिर्न बाँकी रहेको देखिएको छ । प्रज्ज्वललाई पनि तिर्छु । त्यहाँ नाम आएका विशाल, शिवहरु पनि मसँग सम्पर्कमै छन् । प्रज्ञा बहिनी पनि सम्पर्कमै छन् । सबैलाई म पैसा तिर्छु । मिडियामा आईहाल्न पर्ने थिएन । म तिरिहाल्छु नि ।’
समाचारबारे केहि भन्नु छैन भन्दै उनले थपे – ‘म तिर्छु, धम्क्याएको छैन । मेरो फेसबुक एक्टिभ छ ।’ त्यसपछि प्रतापलाई अन्तिममा भनियो– ‘हवस् सबैको तिर्नुपर्ने जे जति रकम हो, तिरिदिनुहोस् । पैसा नपाएकाहरुले सबै पैसा पाए भनेर समाचार फेरि आउनेछ ।’
समाचार प्रकाशित भएपछि पीडितहरु दुई कित्तामा उभिए
अहिले पीडित भनिएकाहरु नै दुई कित्तामा उभिएका छन् । ५ हजार डलर नपाएका एक पीडित चितवनका प्रज्ज्वल श्रेष्ठले आफूले धेरै प्रयास गर्दा पनि पैसा नपाएको, धम्क्याएको र आफू जस्ता धेरै रहेको दोहो¥याएका छन् । महिनैजसो नेपाल पैसा पठाउने, आफूलाई मन परेकोलाई दिने तर पूरानोलाई नदिने भनेपछि ठगी नै गरेको प्रज्ज्वल लगायतका पीडितहरुको भनाई छ ।
यस्तै, समाचार प्रकाशित भएपछि प्रज्ञा थापा सम्पर्कमा आईन् । उनले अहिले आफ्नो कुनै पनि गुनासो प्रतापसँग नरहेको बताएकी छिन् । उनले कसलाई सोधेर समाचार लखेको ? भनेर प्रश्न गरिन् । उनले आफूले लिन पर्ने नरहेको बताएकी छिन् ।
एकथरीले, पैसा अब फिर्ता नपाउने देखेर नै २० जना बढी ठगिएकाले मिडियामा आउन बाध्य भएको बताएका छन् । अर्को थरीले, विस्तारै पैसा पाउँदै आएको बताएका छन् । वास्तविक पीडितहरु हामी हौं भन्नेले ‘अहिले मौन बस्नेहरुलाई हिजो रोएर हिँड्ने, अहिले धम्की आएर समाचार नै गलत जस्तो गरी प्रस्तुत हुने ?’ भनेका छन् ।
तनहुँ पूरानो घर भई पोखरा फूलबारी बस्दै आएका प्रताप राना अष्ट्रेलियामा आमा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ