पोखरा । सहकर्मी डाक्टरलाई केही दिनअघि हातपात गरेका डा. बद्रि पौडेलले सोमबार साँझ पत्रकारलाई पनि दुव्र्यवहार र हातपात गरेका छन् । पृथ्वीचोकको चरक मेमोरियल अस्पतालमा कार्यरत डा. पौडेलले फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनारमाथि दुव्र्यवहार र हातपात गरेका हुन् ।
केही दिनअघि डा. बद्रि लगायतले डा. ऋषिराम ढकाललाई अस्पतालमै हातपात गरेका थिए । सोही विषयमा रिपोर्टिङ गर्न पुगेका अधिकारी र सुनारमाथि डा. पौडेलले अभद्र व्यवहार गरेका हुन् । विनम्र तवरले घटनाबारे सोधिरहेका अधिकारीलाई डा. पौडेलले भाइ बढ्ता होइन भन्दै पिठ्युमा धकेलेका थिए ।
https://www.facebook.com/fewatelevision/videos/1015379608653689/
चरक अस्पतालका निवर्तमान अध्यक्षसमेत रहेका वद्रिको व्यवहार सभ्य नागरिकबाट अपेक्षा नगरिने खालको भएको नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डा. निर्मल लामिछाने बताउँछन् । उनले यसबारे डा. बद्रिलाई ध्यानाकर्षण गराउने बताए ।
अस्पतालका एक्सरे, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी अहिले अस्पतालले नभएर अरुले नै चलाइरहेका छन् । नागढुंगामा नयाँ भवन बनेपछि अस्पतालले नै यी विभाग चलाउने विषयमा विवाद भएको हो । एक्सरे, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी व्यक्तिले चलाउने त्यहाँबाट आउने मोटो कमिसन रोकिने भएपछि डा. बद्रि पहिलेदेखि नै यसको विपक्षमा थिए । यस्ता केही विभागमा डा. वद्रीको अप्रत्यक्ष लगानीसमेत भएको स्रोत बताउँछ । प्रशस्त नाफा हुने फार्मेसी, ल्याब आदिबाट कमिसन र नाफा दुवै कमाइरहेका बद्रीसँग यही विषयमा विवाद भएपछि हालै भएको साधारणसभाबाट अल्पमतमा परेर अध्यक्षबाट बाहिरिएका थिए ।
पत्रकार महासंघद्वारा खेद व्यक्त
यसैबीच, बुधबार पत्रकार महासंघ, कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै डा. बद्री पौडेलबाट भएको दुव्र्यवहारप्रति खेद व्यक्त गरेको छ । महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले यो दुव्र्यवहार स्वतन्त्र प्रेस माथि गरिएको आक्रमणको रुपमा बुझेको प्रष्ट पारेका छन् ।
हेर्नुहोस् विज्ञप्ति:
प्रेस संगठन नेपालद्वारा घटनाको भत्र्सना
मंगलबार विज्ञप्ति निकालेर प्रेस संगठन नेपाल कास्की शाखाले घटनाको भत्र्सना गरेको छ । प्रेस संगठनका कास्कीका नेताद्वय माधव बराल र सन्देश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको अभद्र व्यवहार सह्य नभएको र प्रशासनले दोषीलाई कानुन अनुसार कारवाही गरी निर्भिकताका साथ समाचार संकलन गर्ने वातावरण बनाउन माग गरिएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग