पोखरा । पोखरामा एक किशोरीमाथि निर्मम यातना सहित यौन शोषण गरेको आरोपमा पोखरा १५ बस्ने नसिव गुरुङ पक्राउ परेका छन् ।
आफूमाथि चरम यौन शोषण, बलात्कार, शरिर बन्धक, साईबर क्राईम लगायतका अपराध गरेको आरोप लगाउँदै किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले नसिव लाई पोखराको विजयपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङमाथि आवश्यक छानविन भईरहेको श्रोतले जनाएको छ ।
२२ वर्षे नशिवमाथि पोखराकै एक १९ वर्षिया युवतीलाई विगत ५ महिनादेखि बाध्यात्मक अवस्थामा पारेर विभिन्न बहानामा यौन शोषण गरेको आरोप लागेको छ । ती यूवतीका अनुसार नसिबले उनिमाथि पटक पटक बलात्कार गरेको, प्रेमसम्बन्धको नाटक गर्दै यौन सम्पर्कका बेला नग्न तस्विर खिचेर आफूलाई ब्ल्याकमेलिङ गरेको, मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।
घटनाक्रम यस्तो छः
आजभन्दा करिब ५ महिना अघि फेसबुकबाट नसिवसंग रविनाको चिनजान भयो । दुबैजना म्यासेन्जरमा गफ गर्न थाले । गफ गर्ने क्रममा नसिवले रविनालाई प्रेम प्रस्ताव राखे । केहि दिनपछि किशोरीले पनि प्रेम प्रस्ताव स्वीकारिन् ।
दुबै आपसमा नजिकिँदै जान थाले । तर, रविनाले सोचेझँै साँचो प्रेम गरेका रहेनछन् नसिबले । नसिवले शारीरिक सम्बन्ध पनि राखे । सोही क्रममा नसिबले मोवाईलबाट रविनाका नग्न तस्विरहरु खिचे ।
ती तस्विरहरु मोवाईलमा कैद भईसकेपछि एकाएक नसिब क्रुर हुन थालेको किशोरी बताउँछिन् । “तस्विर खिचेपछि उसले भने अनुसार नभए मलाई मार्ने धम्की दिन्थ्यो, कति पटक मलाई चाहेको बेला यूज गर्न थाल्यो, ब्ल्याकमेलिङ गर्न थाल्यो ”। रविना भन्छिन् “मैले काम गरेको ठाउँमा पनि आउँथ्यो, बदनाम गथ्र्यो, जवर्जस्ती घरमै लिएर जान्थ्यो । घरमा लगेर उसको कपडा धुन लगाउँथ्यो नोक्कर जस्तो व्यव्यवहार गथ्र्यो तैपनि म केहि समय सहँन्थे, अति गर्न थाल्यो, अहिले आफन्तको साहराबाट प्रहरीको शरणमा गएँ ” ।
किटानी जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्य परिक्षण गर्न पुगेकी रविनाले रुँदै भनिन “मेरो फेसबुक एकाउण्टको पासवर्डपनि जवर्जस्ती लग्यो, उसैले चलायो । कलेजमा पनि पुगेर उसले टर्चर दिन्थ्यो, राती राती घरमा बोलाउँथ्यो, उसले चाहेको बेला उसंग त्यो (यौन सम्पर्क) गर्न तयार हुनुपथ्र्यो । तयार नभए बा, आमा र दाईलाई समेत मार्दिन्छु भन्थ्यो ।” उनले भनिन ।
निकै दर्दनाक अवस्थाबाट गुज्रिएकी उनलाई एकदिन नसिवले पोखराको पृथ्वीचोकस्थित चाईना पुलबाट हाम फालेर आत्महत्या गर्न समेत लगाएको बताएकी छन् । उनका शरिरभरी नशिवले यातना दिएका घाउ र निलडामहरु समेत रहेको आफन्तजनले बताए ।
https://youtu.be/F9ojp2l96Xc
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा