पोखरा, पुस २९ । पोखरामा सेतीको भीरबाट लडेर एक व्यक्ति गम्भीर घाईते भएका छन् । पोखरा १७ महतगौंडामा बाटोमा स्कुटर रोकेर पिसाव गर्न जाँदा भीरबाट लडेर पोखरा ८ सिमलचौरका ४४ बर्षिय रामजी पुरी गम्भीर घाईते भएका हुन् ।
ग १३ प ९४४० नम्बरको स्कुटरमा चढेर उनी त्यसतर्फ गएका थिए । पुरी करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । शनिबार लडेका उनको आइतबार १५ सदस्यीय रेस्क्यू टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, उद्धारका क्रममा घाईतेका आफन्तबाट पत्रकारलाई दुव्र्यवहार भएको छ । निकै गालीगलौज गर्दै पत्रकारलाई थर्काएर फोटो भिडियो समेत डिलिट गर्न लगाइएको छ । पत्रकार जीवन सुवेदीले आफूलाई कठालो समातेर पेशागत जिम्मेवारी समेत निर्वाह गर्न नदिएको जनाए । युवाहरुको समुहको हर्कत खेदयोग्य रहेको पत्रकारहरुले जनाएका छन् ।
यस पोष्टको कमेन्टमा भिडियो राखिएको छ ।
https://www.facebook.com/jeevan.news/posts/10215977569731197
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” url=”http://” /]
सम्बन्धित खबर
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते
ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ
सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट
सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
पोखरामा लागु औषधसहित एक महिला पक्राउ
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग