नेपाल आईडलका कृशल कंडेल ‘गायक’ भन्दा पहिले ‘हिरो’, पहिलो म्युजिक भिडियो सार्वजनिक

नेपाल आईडलका कृशल कंडेल ‘गायक’ भन्दा पहिले ‘हिरो’, पहिलो म्युजिक भिडियो सार्वजनिक

Krishal

नेपाल आईडल सिजन – २ का टप ८ प्रतियोगी कृशल कंडेलको पहिलो म्युजिक भिडियो मनको छाता युटुव मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा कृशल कंडेल र मिस टिन नेपाल (२०१७), याङ्सु श्रेष्ठको मुख्य भुमिका रहेको छ । गायकीले सबैको मन जित्न सफल कंडेलले आफ्नो म्युजिक भिडियो र अभिनयलाई पनि माया गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘म परे झापाली’ भन्ने गितबाट चर्चामा रहेका गायक एरिक गिरीको शब्द, संगित र स्वरमा रहेको सो गितको म्युजिक भिडियोको निर्देशन भने निर्देशक दिपक आर्चायले गरेका छन् ।

म्युजिक भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन् भने सम्पादन चन्दन दत्तले गरेका छन् । म्युजिक भिडियोको कोरीयोग्राफ भने सागर मगर र पुजन राईले गरेका छन् । म्युजिक भिडियो निकै राम्रो बनेको र सबैको साझा प्रयासबाट नै यो गित र म्युजिक भिडियो राम्रो बन्न सफल भएको निर्देशक दिपक आर्चायले फेसबुक लाईभ मार्फत बताएका छन् ।

https://www.facebook.com/crisall.kadel/videos/542153876265672/

कृशल कंडेलको फेसबुक लाईभ मार्फत सो गितको म्युजिक भिडियो सार्वजनिक भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds