काठमाडौं । श्रीमतीसँग डिभोर्स लगत्तै सञ्चारकर्मी रवि लामिछानेले नयाँ घर बसाएका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन् ।
रवि र निकिता केही महिनादेखि प्रेममा थिए । यद्यपि, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी छन् । निकिता पनि डिभोर्सी हुन् ।
सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् ।
‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’
त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् ।
रवि र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो । तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको दावी गरेका थिए ।
निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् । यता निकिताको पूर्वपतिका तर्फबाट एक छोरी छिन् ।
आवश्यक पर्दा ती छोराको पनि जिम्मेवारी पनि रविले वहन गर्नुपर्ने अवस्था छ । रविकी पत्नी ईशाले केही दिनअघि अनलाइनखबरमा अन्तरवार्ता दिएर रवीलाई चौंथो सम्वन्धका लागि शुभकामना दिएकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ