नेगम परियार, मनाङ । हिमाली जिल्ला भन्ने बित्तिकै अति चिसो क्षेत्रको रुपमा चिनिन्छ । हिमाली जिल्ला मनाङ जिल्लामा अब चाडै नै सुरक्षित र ब्यबस्थित कारागार बन्दै छ । मनाङ जिल्लाको सदरमुकाम चामे स्थित माडामा कैदी बन्दीहरुको सुरक्षा ब्यबस्थापनलाई ध्यानमा दिँदै सुरक्षित र ब्यबस्थित कारागार बनाईएको हो ।
मानब अधिकारबाट अनुदान प्राप्त रकम ९ करोड ७५ लाख ६९ हजार ३ सय ६९ रुपैँयाको लागतमा बन्दै गरेको कारागार ९ रोपनी ३ आना क्षेत्रफलमा बन्दै गरेको मनाङ जिल्लाका कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।
उक्त कारागार २ बर्षको अबधिमा सक्ने भनी जिल्ला भित्र बिभिन्न काम गर्दै आएको लुम्बीनी द क्याराभान कन्ट्रक्सन प्रा.लि ले कारागा निर्माण कार्य पाएको हो । २०७४ श्रावण मसान्तर बाट २०७६ कार्तिक मसान्त सम्म २ बर्ष समयाबधी मा कारागारको काम पुरा गर्ने भनी लिएको ठेक्का हाल सम्म ३० प्रतिशत मात्र काम पुरा भएको मनाङ जिल्लाका कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।
कारागारमा कैदिबन्दीहरुको लागी महिला १० कोठा र पुरुष १० कोठा हुने चौधरीले बताए । बाकीँ प्रशासन फाँट, अफिस सञ्चालन,भेटघाट कक्ष, फराकिलो खेलकुद मैदान र कैदीबन्दीको लागी पढनको लागी लाईब्रेरी पनि बनाईने भएको कारागारका जेलर शैलेन्द्र कुमार चौधरीले बताए ।
मनाङको कारागारमा हाल सम्म महिला कैदीबन्दी नभएकोले हालको कारागारमा महिला कक्ष समेत नभएको जानकारी आएको छ । हालको कारागारमा सानो ठाउँ ब्यबस्थित र सुरक्षित नभएकोले अब चाडै नै सुरक्षित र ब्यबस्थित कारागार बने पछि कैदिबन्दी तथा सुरक्षा कर्मी लगाएत भेटघाट गर्न जाने अभिभावकहरुलाई पनि सहज पुग्ने भएको छ ।
मौषम र सडकको समस्याले गर्दा अलि काममा ढिलाई भएको हो , मौषम र सडकमा समस्या नभएमा तोकिएको समय भित्र नै काम पुरा गर्नमा लागी परेको ठेकेदार पक्षका सुपरभाईजर नारायन लामाले भने । जिल्लाको कारागार समय भित्र नै निर्माण कार्य सक्नको लागी कम्पनीलाई समेत झकझकाई रहेको प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए ।
हाल मनाङ जिल्लाको कारागारमा १६ जना कैदीबन्दीहरु रहेका छन ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार