पोखरा महेन्द्रपुलमा रहेका २ प्याथोलोजीमा म्याद सकिएको औषधि भेटिएपछि सिल गरिएको छ । जिल्ला प्रशासनबाट खटिएको अनुगमन टोलीले बिहीबार सिल लगाएको हो ।
ल्याबमा प्रयोग भएका विभिन्न औषधीको म्याद सकिएको र आवश्यक कागजात नभएको भन्दै अनुगमन टोलीले सिल लगाएको छ । पोखरामा महेन्द्रपुलमा रहेको पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गदै आएको र स्वीकृति नलिएको कारण सिल लगाइएको छ ।
ल्याबमा प्रयोग गरिने केमिकल लगायतका ७ प्रकारका औषधीको म्याद सकिएको पाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए । उनका अनुसार पोखरा प्याथोलोजीले स्वीकृति नलिइ व्यवसाय सञ्चालन गरेको छ ।
प्याथोलोजीका सञ्चालकलाई अनुगमनको टोलीले व्यवसायको स्वीकृति लिएर ७ दिन भित्रमा जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुनको लागि निर्देशन दिएको छ । प्याथोलोजीमा मूल्य सूची र साइनबोर्ड नभएको पाइएको छ । उक्त ल्याब ६४ सालदेखि सञ्चालनमा छ ।
टोलीले लाइफ चेक प्याथोलोजीमा पनि बिहीबार सिल लगाएको छ । लाइफ चेक प्याथोलोजीमा पनि म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएको जिल्ला स्वाथ्य कार्यालयका कास्कीका अधिकृत नानिबाबु ढकालले जानकारी दिए । लाइफ चेकले आवश्यक कागजात अनुगमन टोलीलाई देखाउन सकेन ।
बिहीबारै अनुगमन टोलीले महेन्द्रपुलको आयुष फार्मेसीमा पनि म्याद सकिएको औषधी भेटिएको छ । उक्त फार्मेसी सञ्चालकलाई अनुगमन टोलीले १० भित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थित हुन निर्देशन दिएको छ ।
उपझोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले औषधी जस्तो संवेदनशील क्षेत्रमा पनि म्याद सकिएको सामग्री प्रयोग हुने दुखद रहेको बताए । बिरामी भएका उपचारको लागि आउँदा समेत सही उपचार नपाएको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा