पोखरा महेन्द्रपुलमा रहेका २ प्याथोलोजीमा म्याद सकिएको औषधि भेटिएपछि सिल गरिएको छ । जिल्ला प्रशासनबाट खटिएको अनुगमन टोलीले बिहीबार सिल लगाएको हो ।
ल्याबमा प्रयोग भएका विभिन्न औषधीको म्याद सकिएको र आवश्यक कागजात नभएको भन्दै अनुगमन टोलीले सिल लगाएको छ । पोखरामा महेन्द्रपुलमा रहेको पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गदै आएको र स्वीकृति नलिएको कारण सिल लगाइएको छ ।
ल्याबमा प्रयोग गरिने केमिकल लगायतका ७ प्रकारका औषधीको म्याद सकिएको पाइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए । उनका अनुसार पोखरा प्याथोलोजीले स्वीकृति नलिइ व्यवसाय सञ्चालन गरेको छ ।
प्याथोलोजीका सञ्चालकलाई अनुगमनको टोलीले व्यवसायको स्वीकृति लिएर ७ दिन भित्रमा जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुनको लागि निर्देशन दिएको छ । प्याथोलोजीमा मूल्य सूची र साइनबोर्ड नभएको पाइएको छ । उक्त ल्याब ६४ सालदेखि सञ्चालनमा छ ।
टोलीले लाइफ चेक प्याथोलोजीमा पनि बिहीबार सिल लगाएको छ । लाइफ चेक प्याथोलोजीमा पनि म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएको जिल्ला स्वाथ्य कार्यालयका कास्कीका अधिकृत नानिबाबु ढकालले जानकारी दिए । लाइफ चेकले आवश्यक कागजात अनुगमन टोलीलाई देखाउन सकेन ।
बिहीबारै अनुगमन टोलीले महेन्द्रपुलको आयुष फार्मेसीमा पनि म्याद सकिएको औषधी भेटिएको छ । उक्त फार्मेसी सञ्चालकलाई अनुगमन टोलीले १० भित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थित हुन निर्देशन दिएको छ ।
उपझोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले औषधी जस्तो संवेदनशील क्षेत्रमा पनि म्याद सकिएको सामग्री प्रयोग हुने दुखद रहेको बताए । बिरामी भएका उपचारको लागि आउँदा समेत सही उपचार नपाएको बताए ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध