पोखरा । पृथ्वीनारायण क्याम्पस गेट परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
यसअघि, गत जेठ २९ र २०७४ माघ २८ गते पनि नेविसंघ र प्रहरीबीच झडप भएको थियो । जेठमा सरकारले पेट्रोलियम पद्धार्थमा गरेको चरम मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा यसैगरी प्रहरीले अवरोध गर्दा रणभूमि बनेको थियो । पत्रकार प्रकाश ढकाल समेत घाईते भएका थिए । त्यस्तै, गतवर्ष माघ २२ गते स्याङ्जा आँधीखोलाका नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको पोखरा बगरमा बसले किचेर मृत्यु हुँदा पनि नेवि संघ आन्दोलित थिए ।
आज पनि प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरे । प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको विद्यार्थी बताउँछन् । झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
काँग्रेस नेतृ सरस्वी गुरुङ, नेवि सघंका नेता सरोज केसी लगायत अस्पताल पुगेर घाईतेको अवस्थाबारे जानकारी लिएका छन् । कास्की प्रहरीले भने प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको प्रहरीको दाबी छ । मसाल जुलुस निकालेपछि कोणसभा गरिएको छ ।




सम्बन्धित समाचार:
http://gandaknews.com/jhadap-nebisang/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा