कास्की । देशको मुख्य पर्यटकीय स्थल पोखरा आसपास क्षेत्रमा गुण्डागदी मौलाउँदै गएको स्थानीयले बताएका छन् । उनीहरुले दिनप्रतिदिन गुण्डागर्दी मौलाउँदै गएपनि प्रहरी भने बेखबर बनेको आरोप लगाएका छन् ।
कास्कीको कोत्रे, गगनगौडा, बाघमारा, निर्मलपोखरी, भरतपोखरी, बेगनाशताल, तालचोक, सैनिकबस्ती, रिठेपानी, अर्घौचोक, बुढीबजार, अर्चले, विजयपुर, छिनेको डाँडा, अमरसिंह चोक, हेम्जाबेसी, लेवारेकुना, विन्द्यवासीनी आसपास, कुवँरफाँट लगाएतका स्थानमा गुण्डागर्दीको विगविगी बढेको स्थानीयबासिले बताएका छन् ।
स्थानीयका अनुसार जँड्याहा र गुण्डाहरुले सम्साँझै होहल्ला गर्दे हिड्ने मात्रै होइन, आतंक मच्चाइरहेको बताएका छन् ।
अर्घौचोक, घरेलुचोक, गण्डकी मेडिकल क्षेत्रमा समेत साँझ नपर्दै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने प्रवृत्ति बढेको स्थानीयको गुनासो छ । गुण्डागर्दी मात्रै होइन, खेतबारीमा रोपिएको आलुदेखि, पोखरीमा पालेका माछा समेत चोरी भइरहेको स्थानीयको गुनासो छ ।
त्यस्तै बुढीबजार, वेगनासताल लगाएतका क्षेत्रमा समेत दिनदहाडै घरेलु हतियार लिएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।
सगरमाथा टिभीले खबर प्रकाशित गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा