पोखरा, १८ माघ । पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल खेलको तेश्रो प्रि क्वाटरमा आयोजक पोखरा ११ ब्रिगेड ब्याइज क्लब संग १–० गोलले पराजित हुँदै बाहिरिएको छ ।
खेलको ७२ औं मिनेटमा ब्रिगेडका काजिम बुशारीको एक मात्र गोल नै ब्रिगेडका लागि दोश्रो चरणमा प्रवेशका लागि सहयोगी बन्यो । मनोज राईको प्रहार पोखरा ११ का गोल रक्षक अजित पराजुलीको हात बाट फुस्किदा काजिमको पहिलो प्रयास भने डिफेन्सले बचाएका थिए । काजिमले उक्त बल कलेक्ट गर्दै गोल गर्ने प्रयास गरे तर डिफेन्सले पहिलो प्रयासलाई बचाए पनि डिफेन्सकै खुट्टामा लागेर गोललाइन बाट आएको रिवाउण्ड बललाई दोश्रो पटक उनले गोलमा परिणत गरे ।
खेलमा दुबै टिममा फिनिसिङको कमजोरी देखिएपनि २८ औं मिनेटमा पोखरा ११ का बिनोद गुरुङको प्रहार बार नजिक बाट बाहिरिएको थियो भने ६२ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफामा क्रसलाई शुसिल लामाको हेड मार्फत गोल गर्ने प्रयासलाई ब्रिगेडका किपर लक्की कार्कीले बचाउ गरे ।
खेलमा प्रशिक्षक किरण श्रेष्ठले खेलाडी परिवर्तन गरि आफ्नो पक्षमा पार्ने प्रयास गरे पनि त्यो सम्भब भएन र पोखरा ११ पराजित हुँदै खेलबाट बाहिरिन पुग्यो ।
शनिबारको खेल मनकामना कपको तेश्रो संस्करणको उपाधी बिजेता नेपाल पुलिसले संकटाको सामना गर्ने भएको आयोजक एन्फा कास्कीले जनाएको छ ।
Pic. GoalNepal.com
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा