पोखरा । सरकारी सम्पती सार्वजनिक सम्पति हो । यो मित्र शत्रु कसैको होइन, हाम्रो आफ्नै हो । सार्वजनिक सम्पति बिदाका दिन सरकारी कर्मचारीले दुरुपयोग गरेको भेटिएमा त्यसलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने थियो । तर, पेट्रोल छर्केर आगजनी गरिएको छ । त्यो पनि पढेलेखेका विद्यार्थीबाटै । नेपाली काँग्रेको विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघका विद्यार्थीहरुले पोखरा महानगरले शिक्षा शाखालाई दिएको गाडीमाथि नै आगजनी गरेका छन् । शनिबार विहान पोखरा महानगरको बा१झ ५८७९ नम्बरको गाडी आगजनी विद्यार्थीले नै गरेको पुष्टि भएको हो ।
नेविसंघका ५ विद्यार्थी नेता पक्राउ
पोखरा महानगरको गाडीमा आगजनी गर्ने ५ जना काँग्रेस समर्थित नेवि संघका स्थानीय नेताहरु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरु सबै आफ्नो संगठनका विद्यार्थीलाई नेतृत्व गर्ने हैसियतका छन् । नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेल, नेवि संघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल आगजनीमा संलग्न छन् ।
लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा५६प ३४८६ नं.को मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जाजनकारी दिएको छ ।
जिम्मा नेवि संघले नै लियो
घटनापछि पोखरा महानगरको गाडी आगजनीको जिम्मा नेपाल विद्यार्थी संघले लियो । नेविसंघ पुर्व केन्द्रीय सदस्य सरोज केसीले गाडी आगजनी गरेको बताएका छन् । शनिबार देशभरका सरकारी गाडी चल्न नदिने पुर्व निर्धारित कार्यक्रम अनुसार नै गाडीमा आगजनी गरिएको उनले बताए । आज देशभरका सरकारी गाडी नेविसंघको निगरानीमा रहेको समेत उनले जनाएका छन् ।
सम्बन्धित समाचार:
http://gandaknews.com/sarkari-gadi/
सम्बन्धित खबर
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० औं पदस्थापन सम्पन्न
चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्नः पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड
रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान
गण्डकी प्रदेशमा रहेका किराँतीका भाषा र संस्कृतिबारे पोखरामा गोष्ठी
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न