हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले मोबाइल एप सञ्चालनमा ल्यायो

हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले मोबाइल एप सञ्चालनमा ल्यायो

IMG_20190203_160530

मनाङ । हिमाली जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले आईतबार देखि मोबाइल एप सेवा सुरु गरेको छ । मोबाइलबाटै सेवा प्रवाह गर्ने उद्देश्य सहित एप्स सेवा सुरु भएको सूचना प्रविधि अधिकृत उज्वल बास्तोलाले जानकारी दिए ।

स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गर्नका साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले एप्स प्रविधि भित्र्याइएको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत उज्वल बास्तोलाका अनुसार सूचना प्रविधि बिभागको प्राविधिक सहयोगमा मोवाईल एप्स सुरु गरिएको हो । उनले गाउँपालिकाद्धारा सुरु गरिएको एप्सको प्रयोगबाट जनतालाई सुशासन, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाए ।

एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने, सूचना, समाचार, आपत्कालिन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल, महत्वपूर्ण स्थानको परिचय , गुनासो तथा समस्या दर्ता गर्न सकिने उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामूदायिक बिकास कार्यक्रम अन्तर्गत करिव ८ महिना अघि देखि सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि उक्त गाउँपालिकामा वेभसाईट संञ्चालन, कम्प्युटर सम्बन्धी प्राविधिक समस्याको निराकरण लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास भएको छ । यसबाट जनप्रतिनिधि, कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ भने जनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ