काठमाडौं । नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको छ। विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू आफ्नो गृह जिल्ला पुगिसकेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्। पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्। चितवनको सभा अहिलेसम्मकै विशाल हुने प्रवक्ता शर्माले दाबी गरे। अर्का नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्। युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुन पोखरा छन् ।
पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्क्स्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ।
सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन्। सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।
यसैबीच, नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने विरोध प्रदर्शनको तयारी पूरा भएको जनाएको छ । पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगाहुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
पोखरा महानगरको गाडी जलाएर थुनामा रहेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले हिजो पिएन क्याम्पसमा मसाल जुलुस निकाल्यो । जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथी जाईलागे । दोहोरो झडप हुँदा नेविसंघका २ जना र २ प्रहरी घाईते भए ।
नेपाली काँग्रेसले सोमबार गर्न लागेको देशब्यापी विरोध कार्यक्रमको समर्थन र आफ्ना साथीको रिहाईको माग गर्दै उनीहरुले जुलुस निकालेका हुन् । घाईते हुनेमा पशुपति भट्टराई र फिरोज सुवेदी छन् । उनीहरुको फिस्टेल अस्पतालमा उपचार गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ