पोखरा । गत शनिबार गाडी जलाएको आरोपमा नेविसंघका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये २ जना छुटिसकेका छन् भने बाँकी ३ जनालाई मुद्धा चलाईएको छ । हिरासतमा रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाई माग गर्दै नेविसंघले मंगलबार पार्टी कार्यालय अगाडी चिप्लेढुंगामा केही बेर चक्काजाम गरेरै प्रदर्शनमा उत्रिए । लक्ष्मी प्रसाद पौडेल र राजेन्द्र बराल भने छुटिसकेका छन् ।
आन्दोलनरत विद्यार्थीहरुले आजै मुख्यमन्त्री कार्यालय सहित दुईवटा सरकारी गाडी नियन्त्रणमा लिएका छन् । मुख्यमन्त्री कार्यालयको बा २ झ १३६३ र जिल्ला अदालत कास्कीको बा १ झ ८१५९ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री कार्यालयको गाडी पृथ्वीचोकमा छ भने अदालतको गाडी चिप्लेढुंगामा छ । विद्युत कार्यालयको बा १ झ १७० नम्बरको गाडी पनि नियन्त्रणमा लिएका थिए ।
तर अर्को चावी प्रयोग गरेर गाडी लगिसकेका छन् । नेविसंघ केन्द्रिय सदस्य भानु ढकालको नेतृत्वमा गएको टोलिले गाडी कब्जाा लिएको हो । समयमै रिहाई नगरे अझै कडा आन्दोलन थाल्ने उनले चेतावनी दिए ।
यसैबीच, विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ । सोमबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरेको सभापति कृष्ण केसीले जानकारी दिए । सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले केहीदिन अघि पोखरा महागरपालिकाको शिक्षा शाखाको गाडी जलाएको थियो ।
डिएनएनेपालको सहयोगमा
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा