नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा बिद्यालय सञ्चालनमा आएको छ । यस बर्ष बाक्लो हिउँ परेका कारण बिद्यालय सञ्चालनमा समेत समस्या परेको छ । माघ २१ गते श्री रण दल गण मनाङको नेपाली सेनाद्वारा लोकप्रिय माध्यामिक बिद्यालयको प्राङगणमा जमेको हिउँ हटाए पछि मात्र बिद्यालय सञ्चालनमा आएको हो । माघ १६ गतेबाट बिद्यलाय सञ्चालन गरिने भनिए ता पनि बाक्लो हिमपातका कारण बिद्यालय सञ्चालन गर्न नसके पछि थप ४ दिन बिदा थप गरि माघ २१ गतेबाट बिद्यालय सञ्चालन गरिएको हो श्री लोक प्रिय माध्यामिक बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए ।

माघ २१ गतेबाट बिध्यालय सञ्चालन गरिएता पनि बिद्यालयको प्राङगणमा बाक्लो हिउँ जमेका कारण माघ २१ गते मनाङमाको नेपाली सेना द्धरा बिद्यालयको प्राङगणमा जमेको हिउँ हटाए पछि मात्र बिद्यालय पुर्ण रुपमा सञ्चालमा आएको हो । करिब एक महिनाको जाडो बिदा पस्चात उतm बिद्यालय पुन सञ्चालनमा आएको हो । मनाङ जिल्लाको अन्य बिद्यालयहरु भने फागुन १ गतेबाट मात्र सञ्चालन हुने भएको शिक्षा बिकास तथा समन्य ईकाइ मनाङका प्रमुख खुलानाग गौतमले बताए ।

अहिले सम्म पनि मनाङ जिल्लाको तापक्रम माइनस १० देखि २० सम्मको सेरोफेरोमा रहेको छ । मनाङ जिल्लाको माथिल्लो भेगमा तिन महिना र तल्लो भेगमा साढे दुई महिना बिद्यालय बन्द हुने गरेकोमा चामेको लोकप्रिय माध्यामीक बिद्यालयमा भने बिभिन्न बिदाका कारण चाढै बिद्यालय सञ्चालन गर्नु परेको बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए । थापाका अनुसार सदरमुकाम चामे वरिपरिका करिब एक सय बिद्यार्थीहरु मात्र बिद्यालय आएको र नासोँ गाउँपालिकाको धारापानी गाउँ भन्दा तलका र बाहिरी जिल्लाका बिद्यार्थीहरु भने बाक्लो हिउँका कारण सडक अवरुद्ध भएकोले आई नसकेको थापाले बताए ।

सो बिद्यालयका सबै शिक्षकहरु र अन्य बिद्यालय सहयोगी कर्मचारीहरु आई सकेको बिद्यालयका प्र.अ.सुरेश कुमार थापाले बताए । उक्त बिद्यालयमा हाल तिस जाना शिक्षक र अन्य सहयोगी कर्मचारी सहित गरी ४० जना शिक्षक कर्मचारी रहेका छन । बिद्यालयमा २६१ जना बिद्यार्थीहरु रहेका छन । मनाङ जिल्लामा हाल सम्म २६ वटा सामुदायिक बिद्यालय र कक्षा १२ सम्म पढाई हुने माध्यामिक बिद्यालय २ वटा रहेका छन भने अन्य सबै आधारभुत बिद्यालयहरु हुन । सबै ठाउँमा हिउँ नहटेका कारण पुर्णरुपमा बिद्यार्थी भने आई नसकेको बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए ।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न