पोखरा । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी मनकामना पोखरा कपको सेमिफाइनल प्रवेश गरेको छ । ब्रिगेड ब्वाइज विरुद्ध मनाङले टाईब्रेकरमा जीत निकालेको हो । आजको खेलसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । मनाङसँगै जापानको रिस्सो युनिभर्सिटी, क्यामरुनको डफिन्स फ्यामिली र सशस्त्रको एपीएफ सेमिफाइनल पुगेका छन् । मनाङले दोस्रोे सेमिफाइनल क्यामरुनको टोलीसँग र विहीबार पहिलो सेमिफाइनल जापानी टीम र एपीएफबीच हुनेछ ।
बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा बिग्रेड ब्वाईजलाई टाईब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चार प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीको तर्फबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । बिग्रेडका ऋतिक खड्काले खेलको १६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
खेलको ६७ औं मिनटमा ओलावालेको हेड पासमा मनाङका बिमल रानाले गोल फर्काए । ८८ औं मिनेटमा डि बक्स बाहिर ब्रिगेडका किपर लक्की कार्कीले बल क्लियर गर्न खोज्दा हातले छोएपछि रेफ्रि प्रकाश नाथ श्रेष्ठले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । बुधबार भएको खेलमा मनाङका गोल रक्षक विशाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए ।
१० जनामा सीमित बिग्रेडले थप गरिएको ३० मिनेट सम्म पनि मनाङलाई गोल गर्ने कुनै अबसर नै दिएन । पेनाल्टी प्रहारमा ब्रिगेडका पदम भट्टराइको बल विशालले नचुकाउँदा मनाङका लागि सेमीफाइनलको यात्रा तय गरायो ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले विग्रेडलाई सजिलो टिमको रुपमा बुझ्दा जित कठिन रुपमा आएको बताए । आफ्ना केही खेलाडी घाइते भएको र मैदान छिरेका खेलाडी पनि थकित भएका कारण खेल सोचे जस्तो नभएको र बिग्रेडका यूवा खेलाडीले पनि निकै राम्रो खेल प्रर्दशन गरेको बताए ।
ब्रिगेडका प्रशिक्षक सुबित कार्कीले मनाङ जास्तो टिम संग आफ्नो टिमले उत्कृष्ट प्रर्दशन गरेको बताए । १० जना खेलाडीले पनि अन्तिम समय सम्म निकै चुनौति पस्किएको र आफ्ना विदेशी खेलाडी वर्क पर्मिटका कारण खेल्न नपाउनुले पनि नतिजा सुम्पिनु परेको बताए ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा जापानको रिस्सो युनिभर्सिटी र विभागीय नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
तस्विरः खेलदैनिक डटकम
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा