गण्डक न्यूज, पोखरा । पोखरा महानगरपालिकाको गाडी जलाउने नेवि संघका तीन कार्यकर्ताहरु शुक्रबार छुटेका छन् । गत शनिबार सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै गाडीमाथि नै आगजनी गरेका थिए । सोहि दिन होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये दुई दिनमै राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटेका थिए । मुद्धा चलाइएका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार कास्की जिल्ला अदालतले रिहा गरेको जनाइएको छ । उनीहरु छुटेपछि अबिर खादा लगाएर सम्मान गरिएको छ ।

उनीहरुको रिहाईका लागि काँग्रेस कास्की सहित नेवि संघले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । अब शैक्षिक संस्था बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । यद्यपी, सरकारको कार्यशैलीको विरोधका कार्यक्रम जारी रहेको नेविसंघले जनाएको छ ।

प्रजातान्त्रिक पार्टीका विद्यार्थी संगठनले छापामार शैलीमा नागरिकको सम्पतिमाथि गरेको आगजनीको व्यापक विरोध भएको थियो । पार्टीकै नेता गगन थापाले समेत गाडी जलाउने कार्य अत्यन्त आपत्तिजनक भएको बताएका थिए । थापाको सो अभिव्यक्तिको विरोधमा पोखरामा उनलाई कालो झण्डा समेत देखाइएको थियो ।
पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी उनीहरुले नै जलाएको तर्क
यसैबीच, पोखरा महानगरपालिकाले नयाँ गाडी किन्नको लागि पुरानो गाडी जलाएको नेविसंघले आरोप लगाएको छ । महानगरले गाडी खरिदमा ठूलै चलखेल गर्नका लागि आफैले आगजानी गरेको नेविसंघको आरोप छ ।
विहीबार पोखरा महानगपालिका शिक्षा शाखामा तालाबन्दी गर्न जाने क्रममा विधार्थीहरुले उक्त आरोप लगाएका हुन । तर, घटनापछि नै नेविसंघका नेता सरोज केसीले घटनाको जिम्मेवारी लिएका थिए भने घटनामा संलग्न स्वयंले तत्काल फेसबुक मार्फत तस्विर नै पोष्ट गरेर यो त सुरुवात मात्र भएको बताएका थिए ।
नेविसंघका विद्यार्थीहरुले आफूहरुलाई झुट्टो मुद्धा लगाएको भन्दै पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी आफै जलाएको बताएपछि आगो लगाउने ५ जना महानगरका कर्मचारी कसरी भए ? भन्दै व्यंग्य गरिएका छन् ।
नेविसंघले शिक्षा महाशाखामा ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल घाइते भए । ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा पक्राउ परेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा