धादिङ । धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शिवराम सिलवाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सिलवालको थप उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बिच वाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की बर्ष ४० को अम्बिका लामिछाने, बर्ष १५ का मनोज घिमिरे, बर्ष २२ का सतिष खाति, सिद्धलेक गाँउपालिका २ का बर्ष २२ का बिनोद सुनार, बर्ष ३५ शिब सिलवाल, बर्ष २१ का दिलिप श्रेष्ठ,सिद्धलेक गाँउपालिका १ की बर्ष ४५ बर्षिया सिता भट्टराई, बर्ष २३ कि बिनिता सुनार, बर्ष १५ का भगवति गिरि, बर्ष ३८ को भरत गिरि र सुबर्ण सिंह ठकुरीका साथै नीलकण्ठ नगरपालिका २ को बर्ष ३८ की राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ को बर्ष २० की सम्झना सामर र नाम नखुलेको एक जना गरी १४ जना घाईते भएकोमा वस चालक सिलवालको उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भिर घाईते भएका ज्वालामुखि गााँउपालिका २ की सम्झना सामरी, नीलकण्ठ नगरपालिका ३ की अम्बिका लामिछाने र नीलकण्ठ नगरपालिकाकी राममाया सुनार गरी ३ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
धादिङबेसीबाट ३५ भन्दा बढी यात्रु लिएर नलाङ तर्फ गईरहेको बा ३ ख २७३१ नम्वरको बस ५ वजे तिर दुर्घटनामा परेको हो । ग्रामीण यातायात सहकारीद्धारा चलाईएको उक्त बस तीव्र गतिमा रहेको र धादिङबेसी देखिनै बस अत्याधिक गतिमा गुडेको यात्रुहरुले वताए ।
तीव्र गतीमा चलेको सो बसले धादिङबेसीमा म्याजिक भ्यानलाइ ठक्कर दिएर गएको केही बेरमानै ससाह नजिकै पुगेपछि सडक छेउको ग्यावीनजालीमा गएर ठोकिन पुगेको थियो ।
श्रोतः धादिङन्यूजडटकम । फोटो: अन्नपूर्ण पोष्ट दैनिकका धादिङ समाचारदाता मनिष दुवाडीबाट
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन