पोखरा । पोखरामा पछिल्लो समय १ हजार रुपैयाँका नक्कली नोट देखिन थालेका छन् । एउटै नम्बरका नोट दिनदिनै देखिन थालेको बैंक अधिकारीले बताएका छन् । लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् । –समाधान दैनिकमा खवर छ ।
‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी अपरेसन इन्चार्ज सफिना जोशीले भनिन्, ‘अहिले आएर दैनिक आउन थालेको छ ।’ उनले पछिल्लो हप्तामात्रै १ हजारका २ वटा नोट एउटै नम्बरको आएको बताइन् ।
नक्कली नोट दैनिक जसो आउने भए पनि एकैपटक ठूलो मात्रामा भने नआएको जोशीले सुनाइन् । ‘एकैचोटि ठूलोमात्रामा नक्कली नोट भने हामी कहाँ आएका छैनन् । तर दिनहुँ आइरहन्छन्,’ उनले भनिन् । सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रष्ट्याइन् ।
‘फेक नोट डिक्टेटरमा नोट चेक गर्दा उज्यालो बत्ती बल्छ,’ जोशीले भनिन्, ‘कुनै—कुनै नोट पुरानो वा खुइलिएर पनि त्यस्तो बत्ती बल्न सक्छ ।’ नक्कली नोटमा प्राय एउटै नम्बर हुने गरेको एनआरबी संकेत पनि नहुने उनले जनाइन् । पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।
पोखरामा पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंक पोखराले जनाएको छ । ‘एकैचोटि ठूलो गिरोह फेला परेको छैन तर फाट्टफुट्ट फेला परिरहेका छन्,’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने । उनले नक्कली नोटको गिरोह पत्ता लगाउन बैंकदेखि सहकारीसम्म सूचना जारी गरिसकेको जानकारी दिए । नक्कली नोटको कारोबारी पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर कारबाही गरिने उनको भनाइ थियो ।
‘बैंक पैसा राख्न आउँदा व्यक्ति आउँछन् या समूह आउँछ । त्यसबारे निगरानी गर्न भनेका छौं,’ गौतमले भने, ‘एकै पटक ठूलो मात्रामा नक्कली नोट नआएकाले पनि कारोबारी पत्ता लगाउन गाह्रो छ ।’ उनले नक्कली नोट रोक्न प्रहरीमा पनि उजुरी दिइसकेको जानकारी दिए । एउटा नोट मात्रै आउँदा उक्त व्यक्ति नै अपराधी प्रमाणित हुन नसकिने भएकाले जाली नोटको प्रेस समात्न नै गाह्रो रहेको प्रष्ट्याए । फाटफुट नक्कली नोट पोखरामा मात्रै नभएर नेपालभरि नै भटिरहेको उनले सुनाए ।
नक्कली नोट सक्कली नोेटको तुलनामा हल्का हुने र कागजमा पानी राख्दा फुल्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । ‘नक्कली नोटमा छाँयामा चित्र पनि हुँदैन, नोटमा पानी राख्दा सोस्छ । सक्कली नोटले सोस्दैन,’ गौतमले भने ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा