केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर आजदेखि झलमल्ल घाम लागेको छ । विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ । हिमालहरु ढपक्क हिउँले ढाकिएको दृष्य प्रष्ट देख्न सकिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको बताएका छन् । पुनः पश्चिमी क्षेत्रबाट अलि कमजोर किसिमको न्यून चापीय प्रणाली भित्रिएकाले पश्चिमी क्षेत्रमा पानी पनि पर्न सक्ने भनाई मौसमविद्को छ ।
दुई दिन अघिको पानी पार्ने शक्तिशाली किसिमको न्यून चापीय प्रणाली भने बाहिरिसकेका कारण ठूलो पानी पर्ने सम्भावना भने छैन । पश्चिमको बादल पूर्वतर्फ सर्दै आउने भएकाले सोमबार काठमाण्डौमा पानी पर्ने सम्भावना भने देखिएको छ ।
उक्त प्रणालीले मंगलबारसम्म देशका विभिन्न ठाउँमा छिटफुट वर्षाको सम्भावना देखिएको छ । तीन दिनसम्मको मौमस अनुमान गर्न सकिने भएकाले आगामी मंगलबारसम्म मौसम गडबड नै देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि, बिहीबारदेखि लगातार वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको थियो।
तस्विरः सन्तोष अधिकारी
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा