पोखरा । पोखराको प्रत्येक बजेट भाषण र हाकिम फेरिएसँगै जोडिने ट्राफिक लाइट जडानको विषय अहिले फेरि अगाडि बढेको छ । सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरु भएको छ ।
सडक डिभिजन कार्यालयले, अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट चलाउने गरी सर्भे गरिरहेको छ । मुख्य चोकमा क्यामरा जडान गरी सर्भेको काम भइरहेको सडक डिभिजन प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए । सभागृह, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा चोकमा रहेका ट्राफिक लाइट लोकतान्त्रिक आन्दोलनताका भाँचिएका थिए ।
सडक डिभिजन कार्यालयबाट सर्भे गरिरहेको टोलीलाई पोखरा महानगरपालिकाले पनि समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको छ । मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अन्य चोकमा महानगरले ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ ।
महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने योजनासहित सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए । पोखरा महानगरले यस्ता विभिन्न पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सर्भेपछि डीपीआरसहित रिपोर्ट आउने र त्यसपछि ट्राफिक लाइट जडानको काम अघि बढ्ने मेयर जीसीको भनाइ छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा