पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो नदिएको उनीहरुको आरोप छ । आन्दोलन गरेको आधा महिना भैसक्यो, विद्यार्थीको माग कसैले सुनेन । न कलेज प्रशासन बार्तामा आउँछ, न प्रशासनले कारबाही गर्छ, विद्यार्थी प्रविन गौतमले भने–हाम्रो माग पूरा नभएसम्म रिले अनसन जारी हुन्छ ।
कलेजले सबै विद्यार्थीसँग बषेर्नी तोकिएभन्दा १ देखि ३ लाखसम्म बढी रकम असुलेको विद्यार्थीहरुले बताए । विद्यार्थीले गरेका आन्दोलनलाई अभिभावकहरुले समेत सहयोग गरेका छन् । एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फामेर्सी, बिएस्सीका विद्यार्थीले आन्दोलन थालेपछि कलेजको पढाई समेत ठप्प छ । एक सातादेखि कलेजमा तालाबन्दी छ । त्यसपछि पनि नसुनेको भन्दै माघ २२ गते अस्पतालको ओपिडी तथा सुपरिटेण्डेण्टको कार्यकक्षमा विद्यार्थीले सामुहिक तालाबन्दी गरे ।
तर कलेज प्रशासनले चाहीँ अवैध रुपमा शुल्क नलिएको दावी गर्छ । अस्पतालको ओपिडी सेवा बन्द गरेकै दिन सहायक डीन प्राडा. राजेन्द्र प्रसाद शर्मा गुरागाईले विद्यार्थीको मागबारे सबै रिपोर्ट पठाउन र तत्काल पठनपाठन सुरु गर्न पत्र पठाएका थिए ।
कलेज प्रशासनले चाहीँ संस्थानले अनुगमन गर्ने र संस्थानकै निर्णय कार्यान्वयन गर्ने भन्दै डिनले लेखेको पत्रको जवाफ फर्काएको छैन । ‘हाम्रो अनुगमन गर्ने भिसीले हो । डिनले पठाएको पत्र मान्नुपर्ने बाध्यता छैन, कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले भने–भिसी कार्यालयले गरेको निर्णय हामी स्विकार्छौ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा