पोखरा । पोखराको टुरिजम् एरिया लेकसाइडमा १४ वर्षिय बालकको निर्मम हत्या भएको छ । पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिन सिन्जालीको घाँटी रेटेर हत्या गरेको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको हो ।
हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए । घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थितिमा शव भेटिएको उनले जनाए ।
उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाईएको छ । घटना सम्बन्धमा अनुसन्धान भैरहेको डिएसपी कार्कीले बताए । उनका अनुसार भुर्इँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको छ । उनको पनि सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने कार्कीले बताए ।राति साढे २ बजे नै घटनास्थल पुगेर अनुसन्धानमा लागेको प्रहरीले बताएको छ । घटनामा सडक बालबालिकाको संलग्नता समेत हुनसक्ने तर्फ पनि अनुसन्धान अघि बढाइएको छ ।
आमा सुनिता घटनापछि भावविह्वल छिन् । उनी श्रीमान्सँग १२ वर्षदेखि सँगै छैनन् । मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । कहिलेकाहिँ बुबासँग पैसा माग्न जाने गर्दथे । सचिनका दाइ पनि छन् । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएकी छन् ।
यसैबीच, शंकास्पद २ जना प्रहरी नियन्त्रणमा रहेको श्रोतले जनाएको छ । अहिले अनुसन्धान भइरहेको बताईन्छ ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने