पोखरा । पोखरामा बढ्दो शहरीकरणले सवारी साधनको को संख्यामा वृद्धि भएको छ । गण्डकी प्रदेश राजधानी यहाँ जनघनत्व पनि बढ्दैछ । मुख्य चोकहरुमा अब आकाशेपुल आवश्यक भइसक्यो । पोखरा महानगरले पोखराका मुख्य चोकहरुमा क्रमशः आकाशेपुल निर्माणको योजना अघि बढाएको छ । यसको सुरुवात सिर्जनाचोकबाट हुनेछ । झण्डै साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको महानगरले जनाएको छ । पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने तयारी भैरहेको छ ।
सिर्जनाचोकको आकाशे पुलकालागि २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद समेत रहेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । बाँकी रकम महानगरपालिकाले नै व्यहोर्नेछ ।
अहिले पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । १५ महिनाभित्रै पुल बनाईसक्ने योजना छ । मेयर जिसीले सिर्जनाचोकबाट काम सुरु गर्ने बताउँदै पृथ्वीचोकको पुलको पनि स्टिमेट र डिजाईन फाईनल हुने क्रममा रहेको जानकारीदिए । उनले केहि समयमै टेण्डर निस्किने जानकारी पनि दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने