काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् ।
१० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत बाबुरामले उक्त पोशाक लगाएका थिएनन् ।
तर, देश दौडाहाका क्रममा कर्णाली प्रदेश पुगेका बाबुरामले जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका छन् । खस बाहुल्य कर्णाली प्रदेशको पोशाक भएकाले आफूले त्यहाँ पुग्दा त्यहीँको पोशाक रोजेको बाबुरामको भनाइ छ ।
आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् ।
पत्नी हिसिला यमीसँगै त्यहाँका स्थानीयसँग खिचाएको तस्वीरमा बाबुराम निकै पृथक देखिएका छन् । पति दौरा–सुरुवालको पहिरनमा ठाटिएका भए पनि पत्नी यमी भने सामान्य पोशाकमै देखिन्छन् ।
दश वर्षसम्म सशस्त्र संघर्ष गरेका बाबुराम आबद्ध तत्कालीन माओवादीले राष्ट्रिय पोशाक दौरा–सुरुवाल बदल्नु पर्ने बहस छेडेको थियो । बाबुराम प्रधानमन्त्री भएका बेला उनी सम्बद्ध पार्टीका सांसदहरुले दौरा–सुरुवाल बहिष्कारसम्म गरेका थिए । तर, २०७२ मा उनीसमेत सहभागी संविधानसभाले दौरासुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिँदै संविधान जारी गरेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्