गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै उनले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे ।
‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ?
जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए । उनकी सुपुत्री श्रृंखला खतिवडाले मिस वल्र्डमा राम्रो प्रदर्शन गरेपछि झनै खतिवडा परिवारको चर्चा चुलिएको छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग