ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोटको घटना लगत्तै पोखराको एनसेल टावरमा पनि आगजनी गरिएको छ । पोखरा २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी हुँदा टावरमा पूर्ण क्षति पूगेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करीब १० बजेको समयमा आगजनी गरिएको कास्की प्रहरीले जनाएको छ । टावरमा आगजनी भएपछि दमकल बोलाइएको र दमकल नपुग्दै टावर कामै नलाग्ने गरी ध्वस्त भएको बताईन्छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको स्थानीयले जनाएको छ । अरबौं कर तिर्न बाँकी एनसेललाई सर्वोच्च अदालतले कर बुझाउन ताकेता गरिसकेको छ ।
आजै ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका थिए । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार करिब साढे आठ बजे विस्फोट भएको हो। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ। ’विप्लव समूहले एनसेल प्रालिमा एक महिना अगाडि पत्र पठाएर चन्दा मागेको थियो, ’एसएसपी रविन्द्रबहादुर धानुकले भने ’त्यही पत्रबारे अस्ति ८ गते राजन तिमिल्सिना नेतृत्वमा ३ जना एनसेल कार्यालय पुगेका थिए। सुनुवाइ नभएपछि यो घटना गराइएको हुनसक्छ।’
एनसेलले कर नबुझाएपछि विप्लव माओवादीले यहाँ पनि आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने