पोखरा, १० फागुन । पोखरामा जारी आहा रारा गोल्ड कपमा धरान फुटबल क्लबलाई १—० ले हराउदै हिमालयन शेर्पा विजय सुरुवात गरेको छ । जितका लागि हिमालयन शेर्पाले ७८ मिनेटमा त्रिदेव गुरुङको गोल नै निर्णायक वन्न पुगेको हो ।
शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरेको बललाई स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई उपलब्ध गराएका थिए । गोहाको क्रसपासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धरानले पोखरा यात्रा विट मार्न पुग्यो । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए ।
हिमालयन शेर्पाले पहिलो कर्नर पायो । खेलको १० औं मिनेटमा पाएको कर्नरलाई कमल थापाले हानेका थिए । तर धरानका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिए । त्यसपछिको समय दुवै टोलीका गोलकिपरले निकै फुर्स्दिलो समय बिताए ।

दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो । ६६ औं मिनेटमा गिल्सन लिम्बुको क्रस सटपासलाई होचा कदका अफ्रिकन खेलाडी फोफानाले हानेको पावर सटलाई बचाउ गर्दै शेर्पाली खेलाडीको उर्जा जोगाईराखे । खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो क्वार्टर फाईनल खेल आज मनाङ मस्र्याङ्दी र सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा हुनेछ ।
– नारायण शाही
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु