पोखरा, ११ फागुन । ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ । केहि दिन अघि मात्रै मनाङ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा भ्याली च्यासल युथ क्लबसँग पराजित भएको थियो ।
बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । पोखरा रंगशलामा शनिबार विभागीय एपीएफसँग सिधा वाई पाएर मनाङले प्रतियोगिताकै पहिलो क्वार्र्टरफाइनल खेलेको थियो । एपीएफले भने उद्घाटन खेलको सडेन डेथमा आयोजक सहारालाई ५–४ ले पन्छाउँदै क्वार्टरफाइनल खेलेको थियो ।

खेलको म्यान अफ दि म्याचसमेत बनेका प्रदिप लामा एपीएफको जितमा नायक बने । खेलको ७१ औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नरलाई अनमार्क रहेका प्रदीपले हेडमार्फत गोल गरेका थिए । उनले ५ हजार रुपैयाँ पाए । मैदानको दायाँ भागबाट बुद्धिमान राईले क्रस निकालेको बललाई मनाङका क्याप्टेन बिराजले नियन्त्रणमा लिन नसक्दा एपीएफलाई कर्नरको अवसर जुटेको थियो ।
खेलाडीले राम्रो प्रदर्शन गरेपनि पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा टोलीको हार भएको मनाङका विदेशी प्रशिक्षक टोपे फुजाले प्रतिक्रिया दिए । लिगपछि मनाङको प्रदर्शन खस्किएको प्रशिक्षक फुजाले श्वीकारे ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीको प्रदर्शनमा सुधार आएको बताए । ‘टिम गेम’ का कारण नै आफ्नो टोलीले जित निकालेको प्रशिक्षक महर्जनको प्रतिक्रिया थियो ।

आइतबार, प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हिमालयन शेर्पा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ । हिमालयन शेर्पाले शुक्रबारको प्रिक्वार्र्टरफाइनलमा धरान फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । आर्मीको त्रिभुवन क्लब भने प्रतियोगितामा सिधा वार्ई पाएर क्वार्टरफाइनल खेल्ने भएको हो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती