श्यामशितल परियार, लमजुङ । लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका ११ जना कृषकले अनुदानमा हाते ट्रयाक्टर पाउने भएका छन् । उनीहरुलाई सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले अनुदानमा हाते ट्रयाक्टर प्रदान गर्ने भएको हो ।
सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाका प्रमुख रामचन्द्र सेढाइँका अनुसार शाखाले २०७५/०७६ मा छनौटमा परेका नगरपालिका भित्रका ११ जना कृषकलाई अनुदानमा हाते ट्रयाक्टर प्रदान गर्न लागिएको हो ।
उनका अनुसार शाखामा हाते ट्रयाक्टरका लागि १९ जना कृषकले निवेदन दिएका थिए । तीमध्ये ११ जना कृषक छनौट भएका हुन् । छनौटमा परेका किसानले बढिमा ४० हजार रुपैयाँ अनुदान पाउनेछन् ।
हाते ट्रयाक्टर पाएसंगै किसानलाई खनजोतका लागि सहज हुने शाखाले जनाएको छ ।
‘पछिल्लो समय गाउँघरमा काम गर्ने मान्छेका साथै खनजोतका लागि गोरु पनि पाईन छाडेको छ । हाते ट्रयाक्टर पाएसंगै किसानलाई कृषि कर्म अघि बढाउन सहज हुनेछ,’ कृषि विकास शाखाका प्रमुख सेढाइँले भने, ‘किसानको समय र पैसाको बचत हुनेछ ।’
यसैगरी, भकारो सुधारका लागि नगरपालिका भित्रका १० जना कृषकलाई अनुदान प्रदान गरिने पनि शाखाले जनाएको छ । भकारो सुधार अनुदानका लागि १२ जना कृषकले निवेदन दिएका थिए । तिमध्ये १० जना कृषक मात्र छनौटमा परेका छन् ।
छनौटमा परेका किसानले प्रतिव्यक्ति ५ हजार रुपैयाँ अनुदान पाउनेछन् । हाते ट्रयाक्टर र भकारो सुधार अनुदान छनौटमा परेका कृषकलाई जानकारी गराईसकिएको र अनुदान पाउने कृषकले यही फागुन मसान्तभित्र अनुदान सम्झौता गर्न पनि शाखाले आग्रह गरेको छ ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित