राष्ट्रिय टिमका पुर्व स्ट्राइकर अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अनिल प्रेरित थ्री स्टारले सोमबार भएको तेस्रो क्वाटरफाइनलमा सिक्किम युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्याे ।
पोखरा रंगशालामा पहिलो हाफमा एक गोल गरेको थ्री स्टारले दोस्रो हाफमा चार गोल थप्यो । उसको जितमा पोखरेली स्ट्राइकर अनिलले ह्याट्रिक गरे । यस्तै, विदेशी खेलाडी अजयी मार्टिनले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो । गत पुसमा सकिएको लिग अघि मनाङबाट थ्री स्टारमा अनुबन्धित भएका अनिलले जारी सिजनमा थ्री स्टारका लागि पहिलो गोल गरेका हुन् । ह्याट्रिक कर्ता अनिल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।
खेलको २६ औं मिनेटमा सुशील राईलाई फल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अनिलले सुरुवाती अग्रता बनाए । खेलको ७० औं मिनेटमा मार्टिनले गोल गर्दै थ्री स्टारको अग्रता २-० को बनाए । सिक्किम युनाइटेडका डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा मार्टिनले बल खोस्दै गोल गरे ।
खेलको ५१ मिनेटमा सिक्किमले आत्मघाती गोल गरेपछि थ्री स्टार ३-० ले अघि रह्यो । ८१ औं मिनेटमा अनिलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टारले ४-० को अग्रता बनायो । डिबक्सभित्र अनिललाई सिक्किमका खेलाडीले फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
यस्तै खेलको ८५ औं मिनेटमा डिबक्स नजिकैबाट गोल गर्दै अनिलले गृह नगरमा ह्याट्रिक पुरा गरे । योसंगै प्रतियोगितामा अनिल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यसपछि खेलको अन्तिम मिनेटमा सिक्किमले दुइ गोल फर्कायाे । उसका साेनम छिरिङ भुटियाले खेलकेा ८९ मिनेटमा गाेल गरे । यस्तै अतिरत्त समयमा उपहार स्वरुप एक गाेल पायाे । थ्री स्टारका छिरिङ लाेप्चाङले अात्मघाति गाेल गरेका हुन् ।
भुटानमा जिग्मे दोर्जी बाङचुक स्मृति कपको उपविजेता भएको थ्री स्टार आहा राराको लागि सिधै पोखरा पुगको हो ।यसअघिको खेलमा विजयी हुँदै विभागीय एपीएफ र त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगिसकेका छन् ।
मंगलबारको अन्तिम क्वाटर फाइनल खेल नेपाल पुलिस र विदेशी टोली डफिन्स फेमिली क्लब क्यामरुनका बिच हुने भएको छ । सोमबार नै विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फ्यामिलीले तिलोत्तोमा गोल्डकपको उपाधि जितेको छ । मंगलबार पोखराको मैदानमा पुलिसलाई यसको बदला लिने मौका मिलेको छ । तिलोत्तममा फाइनल खेलेको टीम भोलिपल्टै आहा रारा कपको पहिलो खेल खेल्न लागेका हुन् । यसअघि पोखरामा मनकामना कप र धरानमा बुढासुब्बा कप जितेको दाउफिन्सले लगातार तेस्रो उपाधि जितेको हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला