पोखराको मूख्य खानेपानी स्रोत कालीखोलाको मुहान कालामुढा, घट्टेकुना, माझकुना लगाएतका स्थानहरुमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने फोहोरहरु थुप्रिएका छन् । बाक्लो बस्ती विकास भैरहेको सो क्षेत्रमा फोहोर दिनप्रतिदिन बढिरहेको छ ।
मरेका बिरालो, भैँसीका गन्हाउने छाला, मरेका कुकुर, मरेका कुखुरा, सेनिटरी प्याड, प्लाष्टिकजन्य फोहोरहरु र बस्तीमा रहेका घरबाट सोझै नाली खोलामै फालिएका देखिन्छन् । खानेपानी मुहान क्षेत्रमा यसरी फोहोर थुप्रिँदा पनि त्यसको सहि व्यवस्थापनका लागि सरोकारवालाहरुले खासै चासो देखाएका छैनन् ।

खानेपानी संस्थानले त्यहि पानीलाई सोझै पोखराका घरहरुमा वितरण गर्दै आएको छ । मुहान क्षेत्रमा फोहोर थुप्रिएपछि यसले पोखराबासीको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । पोखराको खानेपानीको गुणस्तरको विषयमा पटकपटक आवाज उठ्दै आएपनि खानेपानी संस्थानले गुणस्तर व्यवस्थापनका लागि खासै केहि काम गरेको छैन ।

यद्यपी यतिबेला स्थानियस्तरबाटै खानेपानीको मुहान सफाई गर्नका लागि पहल शुरु भएको छ । ‘वृहत कालीखोला विकास तथा संरक्षण समिति’ले यतिबेला सो क्षेत्रको सरसफाई गर्नुका साथै त्यहाँका स्थानियलाई मुहान क्षेत्रमा फोहोर नफाल्न आग्रह गरिरहेको छ ।
‘हामीले केहि दिन यता सो क्षेत्रमा सरसफाई अभियानलाई तिव्रता दिईराखेका छौँ ।’ समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले भने–‘खानेपानीको मुहानको हालत देख्दा बिजोग नै छ ।’ उनले सो क्षेत्रका कतिपय घरहरुबाट नालीमार्फत घरेलु फोहोरहरु सोझै खोलामा फालिएको भेटिएको बताए । त्यस्तै मरेका पशुहरुको पनि उचित व्यवस्थापन गर्नुपर्नेमा मुहान क्षेत्रमै जथाभावी रुपमा मिल्काईएको पाईएको उनले बताए ।

कालामुढा, घट्टेकुना, माझकुना हुँदै सरसफाई टोली अहिले जोगिमणीसम्म आईपुगेको समितिले बताएको छ । समितिले नजिकका स्थानियबासीहरुको सहयोगमा सरसफाई कार्यक्रमलाई अगाडि बढाईरहेको छ । फोहोर संकलन गरिसकेपछि समितिले ती फोहोरलाई पोखरा महानगरपालिकाको गाडीमार्फत व्यवस्थापन गरिरहेको छ ।
साथै समितिले स्थानियस्तरमा फोहोर नगर्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ । समितिले फोहोर व्यवस्थापनका केहि ‘टिप्स’हरु समेत स्थानियलाई सिकाईएको अध्यक्ष आचार्यले बताए ।

वडा नम्बर १६ मा पर्ने कालीखोला पोखराको सबैभन्दा पुरानो खानेपानीको मुहान हो । अहिले जथाभावी फोहोर फालिएको सो क्षेत्रको व्यवस्थापनका लागि समितिले ठाऊँठाऊँमा सचेतनामुलक बोर्ड राख्ने, खोला किनारमा वृक्षारोपण गर्ने र खोला क्षेत्रमा दोहोरो फुटट्रयाक निर्माण गरि सो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने लक्ष्य लिएको छ ।
रेम बिक / www.bigkhabar.com
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ