श्यामशितल परियार, लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–९, गिलुङ, टक्सार र भेँडीगोठमा गुरुङ कथानक फिल्म ‘मि न्होर्बे ट’ अर्थात आँखाभित्रको फूल छायांकन गरिएको छ ।
यस फिल्मले भेँडीगोठालाको प्रेम कहानीसंगै गुरुङ संस्कृति घाँटुलाई समेटेको छ । सानैदेखि सँगै खेले, हुर्केका साथी र एक–अर्कामा माया गरेपनि व्यक्त गर्न नसक्दा आएको समस्यालाई फिल्ममा उतार्न खोजिएको छ ।
फिल्ममा मिस चितवन २०१७ का विजेता सुमन गुरुङ, लमजुङका खेमराज घलेसंगै सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ साथै चन्द्रप्रसाद गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ लगायतलाई देख्न सकिन्छ ।

फिल्मका लेखक/निर्देशक माओत्सेतुङ गुरुङका अनुसार फिल्मको सबै छायांकन गिलुङ क्षेत्रमा भएको छ । ३५ लाख रुपैयाँमा निर्माण हुने उक्त फिल्म छायांकन सकिएपछि पोष्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ ।
नयाँ बर्षको अवसरमा फिल्म प्रदर्शन गरिने भएको छ । फिल्ममा बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमीर गुरुङ निर्माता छन् ।
फिल्ममा पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ साथै रोशन गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) ले गीत लेखेका छन् ।
तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । गीतमा मनोज गुरुङ, पवित्रा गुरुङ, ज्योति गुरुङ, शितल गुरुङ, शर्मिला गुरुङ, तेजेन्द्र दुरा, बबिता गुरुङ लगायतले स्वर भरेका छन् । लब्सन गुरुङले कोरियोग्राफी गरेका छन् । फिल्मको छायांकन खीमबहादुर गुरुङले गरेका छन् ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते