श्यामशितल परियार, लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–९, गिलुङ, टक्सार र भेँडीगोठमा गुरुङ कथानक फिल्म ‘मि न्होर्बे ट’ अर्थात आँखाभित्रको फूल छायांकन गरिएको छ ।
यस फिल्मले भेँडीगोठालाको प्रेम कहानीसंगै गुरुङ संस्कृति घाँटुलाई समेटेको छ । सानैदेखि सँगै खेले, हुर्केका साथी र एक–अर्कामा माया गरेपनि व्यक्त गर्न नसक्दा आएको समस्यालाई फिल्ममा उतार्न खोजिएको छ ।
फिल्ममा मिस चितवन २०१७ का विजेता सुमन गुरुङ, लमजुङका खेमराज घलेसंगै सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ साथै चन्द्रप्रसाद गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ लगायतलाई देख्न सकिन्छ ।

फिल्मका लेखक/निर्देशक माओत्सेतुङ गुरुङका अनुसार फिल्मको सबै छायांकन गिलुङ क्षेत्रमा भएको छ । ३५ लाख रुपैयाँमा निर्माण हुने उक्त फिल्म छायांकन सकिएपछि पोष्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ ।
नयाँ बर्षको अवसरमा फिल्म प्रदर्शन गरिने भएको छ । फिल्ममा बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमीर गुरुङ निर्माता छन् ।
फिल्ममा पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ साथै रोशन गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) ले गीत लेखेका छन् ।
तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । गीतमा मनोज गुरुङ, पवित्रा गुरुङ, ज्योति गुरुङ, शितल गुरुङ, शर्मिला गुरुङ, तेजेन्द्र दुरा, बबिता गुरुङ लगायतले स्वर भरेका छन् । लब्सन गुरुङले कोरियोग्राफी गरेका छन् । फिल्मको छायांकन खीमबहादुर गुरुङले गरेका छन् ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला