काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ । घटनास्थलमा स्थानीयबासी पुगेका छन् । उनीहरु मध्ये एक हुन्, कालिका होटल सन्चालक सुरज भट्टराई । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ ।
उनको भनाइ जस्ताको तस्तैः
मेरो नाम सुरज भट्टराई हो । पाथिभरामा कालिका होटल चलाउँछु । अपरान्ह १२ बजेतिर मेरो बुबा सुक्रवीर भट्टराईले फोन गरेर यहाँ हेलिकोप्टर ठोक्कियो, पुलिसलाई खबर गर भन्नुभयो । मेरो बुबा मैयुममा बस्नुहुन्छ । घाँस काट्न जाँदा तारेभीरको खप्टेढुंगामा हेलिकोप्टर ठोक्किएर जलेको देखेपछि मलाई फोन गर्नुभयो ।
मैले तत्कालै हल्दारसा’बलाई भेटर हामी करीव दुई घण्टाको बाटो हिँडेर घटनास्थलमा आइपुगेका छौं । हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन । अहिले हामी ५०÷६० जना जम्मा भएका छौं । तलबाट प्रहरी आउँदैछ ।
उद्दारमा गएका पाइलट भन्छन्- टुक्राटुक्रा भएर जलेको देखेँ
दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए।
दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए। ‘धुवाँ देखेँ। हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ‘शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो।’
उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो। पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते