काठमाण्डौं, १९ फागुन । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ ।
परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी गराए ।
बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांश समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् ।
त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्य एक जना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् । समायोजन भएका ती कर्मचारीलाई सरकारले हालसम्म समायोजनको पत्र पठाएको छैन । पत्र नपठाएपनि सबै कर्मचारी खटाएको कार्यालयमा जाने मनस्थिति बनाइसकेका छन् । सामायोजनमा परेका कर्मचारी गएपछि अधिकांस कार्यालय प्रमुख विहीन हुने भएका छन् ।
बोर्डले गुहा¥यो मन्त्री
कर्मचारी नभएपछि कसरी काम गर्ने, समायोजनमा परेका कर्मचारी सरुवा भएर जाने तयारी गरेपछि काम गर्न समस्या परेको छ–बोर्डका एक अधिकारीले भने । अध्यक्ष पौडेलले सबै प्रदेश र अन्य कार्यालयमा कर्मचारी खटाए समस्या नहुने बताए । उनले भने–पुराना कर्मचारीले काम सिकिसकेको अवस्थामा नया कर्मचारी पठाउदा समस्या हुनेछ ।
बोर्डले यो वर्ष एसइइमा करिब साढे ५ लाख , कक्षा ११ र १२ मा करिब १० लाम विद्यार्थीको परीक्षा व्यवस्थापन हुनुपर्छ । परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका वितरण, परीक्षा संचालन, केन्द्रमा कर्मचारी व्वयस्थापन लगायत दर्जन भन्दा बढी काम गर्नुपर्छ ।
अहिले त कार्यालय प्रमुखनै छैन, कस्ले जिम्मेवारी लिएर काम गर्ने भन्ने विषय गम्भीर समस्या भएको छ । मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसके परीक्षामा समस्या आउने बोर्डको भनाई छ । बोर्डले एसईई परीक्षामा परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न