ब्रेकिङ न्यूजः क्याम्पस हिँडेकी ढिकुरपोखरीकी दिव्या फेवातालमा मृत भेटिईन्

ब्रेकिङ न्यूजः क्याम्पस हिँडेकी ढिकुरपोखरीकी दिव्या फेवातालमा मृत भेटिईन्

fewa-lake

पोखरा, १९ फागुन । कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारी फेवातालमा मृत भेटिएकी छिन् । पोखरा महानगरपालिका वडा नं. ६ स्थित गौरीघाटमा फेवातालमा तैरिरहेको अबस्थामा दिव्या मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

किनार नजिकै फेवातालमा घोप्टो परेको अवस्थामा उनलाई भेटिएको शाहले बताए । नर्सिङ अध्ययनरत अधिकारी सबेरै क्याम्पस जानको लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।

शव भेटिएको स्थल नजिकै उनको स्कुटर पनि भेटिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ