गण्डक न्यूज, पोखरा २० फागुन । प्याराग्लाइडिङ दुर्घटनामा परी रोमानियाली पर्यटकको ज्यान गएकै भोलिपल्ट सोमबार पनि दुई दुर्घटना भएका छन् । कास्कीको माछापुच्छ्रे र मादी गाउँपालिकामा प्याराग्लाइडिङ उडान भरेका दुईजना विदेशी पाइलट घाईते भएका हुन् । दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का सामान्य छन्।
प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन् । उनको परिचय खुलेको छैन । स्थानीयका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए। उनको बायाँ हात जलेको छ । गाउँलेले उद्धार गरी प्रहरीलाई जिम्मा लगाएको छ । स्थानीय राम गुरुङका अनुसार उनी सहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए। फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए।
यस्तै, मादी गाउँपालिका–७ छाचोकमा रसियाका पाइलट दुर्घटनामा परेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्केका थिए। उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेको गुरुङले बताए। गुरुङका अनुसार स्थानीय छिरखने पाखाको वनमा रहेको भोगटेको रुखमा ग्लाइडर सहित खसेका उनी निकै नै अप्ठेरोमा परेका थिए। उनलाई दुई घण्टाको प्रयासमा उद्धार गरिएको हो । दिउँसो साढे १२ बजेदेखि झण्डै पौने ३ बजेसम्म लागेको थियो ।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी एकाएक तालमा खसेका थिए। उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तस्विर सौजन्य : लालबहादुर गुरुङ
सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो