पोखरा । एक दशक अवधिमा यसवर्ष सर्वाधिक हिमपात भयो । हिमाली क्षेत्रमा जनजीवन महिनौंदेखि कष्टकर बनेको छ । एक महिनादेखि परेको निरन्तरको हिमपातले हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ नराम्ररी प्रभावित बनेको छ । चिसो क्षेत्रमा बस्न सक्ने जीवजनावर समेत समस्यामा छन् । मानिसहरु तल्लो क्षेत्रमा झरेपनि खर्कहरुमा रहेका याक चौंरीहरु भने हिमपातका कारण मरेका छन् । पशुपालकका अनुसार महिनादिनसम्म पटक–पटक परेको भारी हिमपातले कतिपय बथानका लागि आहाराको पनि समस्या भएको छ । कति वेपत्ता छन् । एउटै चौंरीको झण्डै १ लाख २० हजारसम्म पर्ने गर्दछ ।
मनाङमा याक चौरीहरु डेढ सय मरे, वेपत्ता संख्या यकिन छैन
हिमपहिरो र हिउँले पुरिएर हिमाली जिल्ला मनाङमा थुप्रै याक र चौंरी मरेका र बेपत्ता भएका छन् । मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउँपालिकाका अधिकांशले याकचौंरी पालेका छन् । हप्तैजसोको हिमपातले मानिसले मुस्किकले बस्तीमा फर्किएर ज्यान जोगाएपनि लेक र जंगलमा छाडिएका याक र चौंरीको अवस्था थाहा हुन सकेको छैन । मनाङमा मात्रै डेढ सय याक र चौंरी मरेको अनुमान स्थानीयको छ । हिमपहिरोमा परी दर्जनौं बेपत्ता छन् ।
हिमपात भइरहेको ठाउँमै याक र चौंरी छाडिएको र महिनादिनसम्म उक्त ठाउँमा पुग्न नसक्दा अधिकांशको अवस्था थाहा हुन नसकेको स्थानीयको भनाई छ । जिल्ला पशु सेवा कार्यालयको पछिल्लो तथ्यांकअनुसार मनाङका २ सय गोठमा ३ हजारभन्दा बढी याक र चौंरी छन् ।

Pic. Ash Gurung
मुस्ताङमा ६० बढी चौंरी मरे, सयौं पुरिए
मुस्ताङमा अहिलेसम्म ६० भन्दा धेरै चौँरी मरिसकेको स्थानीय पेमा योंदानले जानकारी दिएकी छिन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको चुन्जुङ गाउँमाथि रहेको खर्कका गोठमा भएका चौँरी धमाधम मरेका हुन्।
चरन क्षेत्रमा खुला छाडिएका याकहरू बाक्लो हिमपातपछि बस्ती फर्कन सकेका थिएनन् । ‘६० वटा चौँरी त मरिसकेकै भेटिएको छ,’ उनले भनिन्, ‘गोठ डुबाउने हिउँ परेको छ। एक महिना भयो हिउँ परेको।’ हिउँले चौँरी मार्न थालेपछि गोठालो चौँरी पालन नगर्ने मनस्थिति बनाएको उनले सुनाइन्।

‘चौँरी मरेपछि गोठालो साह्रै रोएका छन्,’ टेलिफोनमा उनले भनिन्, ‘गोठालोहरू चौँरी मरिहाल्यो अब के खाने भनेर रुन्छ। उनीहरूले आत्तिएर होला अब चौँरी नपाल्ने भनेका छन्।’ ६० वटा चौँरी मरेकै भेटे पनि अझै सयौँ चौँरी पुरिएको उनले बताइन्।

घरपालुवा चौँरीसँगै जंगली जनावर झारल, नाउर लगायतका जीवजन्तु पनि मरेको उनले जानकारी दिइन्। गाउँले राहतको आशमा परेको उनको भनाइ। ‘यत्तिको दुःख पर्दा पनि सकारले केहि गरेको छैन। गाउँका सबै सरकारले केहि गर्छकी भन्न आशमा बसेका छन्’ उनले भनिन्। जिल्ला प्रहरी मुस्ताङले पनि क्षतिको विवरण संकलन गर्न थालेको जिप्रका मुस्ताङका डिएसपी महेन्द्र खड्काले जानकारी दिए। क्षतिको विवरण संकलन गर्न हिमपातले समस्या भएको प्रहरीले जनाएको छ। मुस्ताङमा प्रति याक तथा चौँरी १० हजारदेखि ९० हजार रुपैयाँ बिक्री हुने गर्दछ।

तीन वर्षअघि पनि यस्तै बेमौसमी हिउँले तीन सयवटा हाराहारी चौंरी, चेलुक मरेका थिए । घरगोठका चौंरी र भेडाच्यांग्रालाई चरन क्षेत्रमा छाडेर जाडो छल्न बेंसी झरेका मुस्ताङी गर्मी बढेपछि मात्र घर फर्कन्छन् । जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती नहुने मुस्ताङमा पशुपालन स्थानीयको आम्दानीको मुख्य श्रोत हो । दशैं जस्ता चाडहरुमा भेडा च्यांग्राहरु समेत उतैबाट शहर झार्ने गरिन्छ ।

सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी