पोखरा । गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई बुधबार बेलुकी कास्की प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्धा दर्ता भएकाले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक अध्यक्ष खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, कलेजका कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरे विरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएको छ ।
झण्डै डेढ महिनादेखि आन्दोलित विद्यार्थीको माग अझै पूरा भएको छैन । उनीहरुले परीक्षा समेत गुमाए भने आन्दोलन पार नलाग्ने देखेर ठगी मुद्धामा उजुरी गर्न बाध्य भएका थिए । मंगलबार विद्यार्थीले उजुरी दर्ता गरेका थिए । माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले ८ लाखदेखि १५ लाखसम्म बढी तिर्नुपरेको बताउँदै आएका छन् । रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । यस सम्बन्धमा आवाज उठाउँदा कलेज सञ्चालकले धम्काउने गरेका थिए ।
यस सम्बन्धमा एक महिनाको अवधिमा २ वटा समिति पनि गठन भएर छानबिन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले प्रतिवेदन बुझाइसकेको छ । डा. ओम बरालको नेतृत्वको छानविन टोलीपछि प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरिएको छ । यो टोलीले पोखरा आएर छानबिन गरिरहेको छ । तर, विद्यार्थीहरु भने कलेजकै सुविधा लिएर गरिएको छानविन टोलीप्रति आशंका व्यक्त गर्छन् ।
सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट