पोखरा । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ ।
संस्थान र हाजमा कम्पनीबीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पानी पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे ।
यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।
संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गरे । खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । यति धेरै रकम १३ वर्षको प्रयास पछि पहिलो पटक नेपालले प्राप्त गरेको उनले बताए ।
सम्झौताअनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।
यस्तो पानी पिउन बाध्य छन् पोखरेली
पोखराका लाखौं उपभोक्ताले दैनिक प्रयोग गर्ने पानीको मुहानमा प्रदुषण बढ्दो छ । खानेपानीको श्रोत मर्दिखोलामा लास जलाउने, नुहाउने, चौपाया आहाल बस्ने र दिसापिसाब गर्ने गरिएका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।
पोखराको उत्तरी क्षेत्र लाहाचोक, ल्वाङघलेल र पुरुन्चौरस्थित मर्दिखोला आसपास बस्ती विकास भएसँगै प्रदुषण बढ्दो छ । पत्रकार राजबहादुर गुरुङ फेसबुकमा लेख्छन्: ‘हैन यो खानेपानी संस्थानको काम जनतासंग पैसा मात्र असुल्ने हो की शुद्द खानेपानी खुवाउनेतिर पनि ध्यान दिने हो ??? लौ, जागौं जनता ! यसलाई ब्यबस्थापन गर्न सबैबाट दबाब दिऔं । हैन भने हिलो, मैला पानी खान तयार होऔं ।”





http://gandaknews.com/pokhreli-khanepani/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने