फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

facebook photo

फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ ।  प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।  

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।  आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् । 

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ । साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे । 

त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।  बुहारी आश्चार्यमा परिन् । 

अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।  पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् ।
काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।  महाशाखाले उनलाई फोन गर्यो ।
उनी भुपु डिएसपी भएको पत्ता लाग्यो ।  नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।  गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds