गण्डकी प्रदेशका ४९ स्थानीय तहको आफ्नै मोबाइल एप्लिकेसन

गण्डकी प्रदेशका ४९ स्थानीय तहको आफ्नै मोबाइल एप्लिकेसन

app

सुर्य तिमिल्सीना । गण्डकी प्रदेश अन्तर्गत ४९ ओटा स्थानीय तहको आफ्नै मोबाइल एप्लिकेसन तयार भएको छ । सूचना प्रविधि विभागको प्राबिधिक सहयोगमा एप सुरु भएको हो ।

विभागद्वारा स्थानीय तहका नागरिकलाई प्रदान गरिने सेवा लगायत सूचना एवं जानकारी सहित सबै स्थानीय तहका लागि प्रयोग हुने एउटै टेम्प्लेटमा निर्मित मोबाइल एप्लिकेसनको प्रयोग मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपुर्ण स्थानहरु, आपतकालिन नम्बर लगायत अन्य सुचना तथा जानकारी सजिलै प्राप्त गर्नुका साथै सुझाब तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद समेत गर्न सक्ने सूचना प्रविधि विभागका निर्देशक लक्ष्मी प्रसाद यादबले जानकारी दिए ।
एप्लिकेसन निर्माणको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रमको समेत समन्वय रहेको छ ।

उक्त कार्यक्रमका गण्डकी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार मोबाइल एप्लिकेसनले गण्डकी प्रदेशका स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गनर््का साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने छन् ।

एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने,सूचना ,समाचार,आपत्कालिन नम्बर,जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल,महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने एलजीसीडीपीकै गण्डकी प्रदेशका आइसिटी एक्स्पर्ट प्रणय नकर्मीले बताए ।
सबै स्थानीय तहको आफ्नै वेबसाइट
गण्डकी प्रदेशका ८५ ओटै स्थानीय तहको आफ्नै वेबसाइट समेत छन् ।उक्त वेबसाइट नियमित रुपमा अध्यावधिक हुने गरेका छन् ।

स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्तर्गत सबै जसो स्थानीय तहमा सूचना प्रविधि अधिकृत नियुक्ति गरिएका छन् ।

सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि स्थानीय तहमा वेभसाईट संञ्चालन,सामूहिक एस।एम।एस।, मोबाइल एप्लिकेसन,कम्प्युटर संम्वन्धि प्रविधिक समस्याको निराकरण,फाईबर ईन्टरनेट जडान, इलोक्ट्रोनिक खरिद, अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा, भौगर्भिक सूचना प्रणाली, सीसीटीभी लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास भएको छ ।

स्थानीयतह प्रविधि मैत्री बन्दै जाँदा जनप्रतिनिधि,कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ भनेजनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds