गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्सा । पर्सामा तीन युवतीले सामुहिक आत्महत्याको प्रयास गर्दा एक युवतीको मृत्यु भएको छ । आइतबार जिराभवानीपुर गाउँपालिका एक युवक संजय दास थारूले तीन जनालाई नै भगाएर लगेका र त्यसपछि उनीहरुले सोमबार बिहान बिष सेवन गरेकाे प्रहरीले बताएकाे छ ।
सोही गाउँपालिकाका तीन जनै युवती मध्ये संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो।
उनको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्ट मार्टमको तयारि गरिएको प्रहरीले जानकारी दिएको थियो । उनी सँगै बिष सेवन गरेकी मंनीता कुमारी र अर्की युवतीको भने उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माका अनुसार संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध रहेको खुलेको छ ।
तर संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण नखुलेको उनले बताए ।
उनीहरुबीचको प्रेम सम्बन्धले नै घटना यहाँ सम्म पुगेको बुझाइ छ । पहिला प्रेमको लागि भन्दै भागेका उनीहरुलाई भागेपछि घर सम्झन पुगेका तर परिवारले नस्वीकार्ने आशंकामा घटना घटेको हुन सक्ने बताइएको छ ।
१८ वर्षभन्दा कम उमेरका ती युवा युवतीहरुलाई चार र पाँच जनाको समूहले भगाउन मद्दत गरेको जनाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गरिँदै छ ।
संजयले भगाएर लगेकी संहिता कुमारीलाई परिवारजनले नस्वीकार्ने भएपछि यो घटना भएको हुन सक्नेमा थप आशंका रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो समाचार news24nepal.tv बाटा साभार गरीएको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने