पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा सवारी साधन चलेपनि व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने वन्द छन् । मुख्य सडकमा निजी तथा सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्।
https://www.facebook.com/gandaknews/videos/2225853207678833/
विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।
पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । अप्रिय घटना घटेको छैन ।
पोखराका दुई ठाउँमा बम भेटियो, सेनाले गरे डिस्पोज
बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकको रंगशाला नजिकै सकेट बम फेला परेको हो । दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
तस्विरः विजय क्षत्री
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ