टुरिष्ट रोडमा ‘रेनड्रप होली फेस्ट’ विथ डिजे बिरेन एण्ड वाइल्ड स्प्रिट

टुरिष्ट रोडमा ‘रेनड्रप होली फेस्ट’ विथ डिजे बिरेन एण्ड वाइल्ड स्प्रिट

Tourist road

यस वर्षको फागूपूर्णिमामा पनि पोखरेली युवाले टुरिष्ट रोडमा भरपूर मज्जा लिन पाउनेछन् । पोखरा खपौदी स्थित टुरिष्ट रोड बिस्ट्रोले होलीको अवसरमा चैत ६ गते दिनभर मनोरञ्जन प्रदान गर्नेछ । रेन ड्रप होली फेस्ट सिजन ३ मा मुख्य आकर्षण डिजे बिरेन र वाइल्ड स्प्रिट रहनेछन् ।

मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मै ननस्टप म्युजिकको साथमा युवायुवतीलाई झुम्ने वातावरण मिलाउनेछ । डिजे सेसन्स, कलर रेन डान्स, बि बोइङ, हिपहप, अनलिमिटेड ड्रिन्क्स, बिबिक्यू, स्न्याक्स मुख्य विशेषता छन् ।

टुरिष्ट रोड म्यानेजमेन्ट अहिले होली विशेष कार्यक्रमलाई सफल बनाउन तयारी गरिरहेको सञ्चालक अर्जुन सुवेदीले जानकारी दिए । सञ्चालक सन्तोष खनाल यस पटक पनि उत्साहपूर्ण सहभागिता रहनेमा ढुक्क छन् । आफ्ना गेस्टहरुलाई कुनै पनि कमी महसुस हुन नदिने गरी तयारी गरिएको सञ्चालकद्वय बताउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds