पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो ।
विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए । कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन् । ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए ।
कलेजहरूले पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीसँग मौखिक अनुमति लिएर विद्यार्थी भर्ना गरिएको दाबी गरेका छन् । कलेजहरूको संस्था ओपेनले परीक्षा फारम बुझाउन नसकेपछि विद्यार्थीको भविष्य निर्धारण गरिदिन भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको छ ।
सिसिटी कलेज बुटवलका प्रमुख देवी भण्डारी विद्यार्थी भर्ना गर्नुअघि आफूहरूले विश्वविद्यालयका डिनसँग मौखिक अनुमति लिएको दाबी गर्छन् । तर, अहिले फारम नबुझिदिँदा समस्या परेको उनले बताए । रुपन्देहीका मात्रै आधा दर्जनजति कलेजले बिबिए र बिबिए–बिआईका विद्यार्थी भर्ना गरेका छन् । परीक्षा फारम भर्ने म्याद आज ९बिहीबार०सम्म मात्रै छ । विद्यार्थीले परीक्षा दिन नपाए लिएको शुल्क फिर्ता गर्न कलेज तयार रहेको उनको भनाइ छ । तर, परीक्षा दिन नपाए विद्यार्थीको एक वर्ष नोक्सान हुनेछ ।
उपकुलपति चिरञ्जीवी शर्मा भन्छन्–कलेजले विश्वविद्यालयको मापदण्ड नमानेपछि समस्या भयो कलेजहरूकै कमजोरीका कारण समस्या आएको हो । विश्वविद्यालयकै मापदण्ड नमानी विद्यार्थी भर्ना गरेपछि समस्या आउने नै भयो । विश्वविद्यालयले भर्ना प्रक्रियाअघि नै मापदण्ड तय गर्ने र सोहीअनुसार भर्ना गर्न निर्देशन दिने गरेको छ । यसपटक पनि निर्देशन गरेको हो । यो विषय सर्वोच्च अदालतमा पुगिसकेकाले अब अदालतकै निर्णयअनुसार अघि बढ्नुको विकल्प छैन । नयाँ पत्रिका दैनिकबाट ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?