पशुपति शर्माको गितलाई बिरोध गर्दै नेकपाले दियो च्यालेन्ज ! (भिडियो)

पशुपति शर्माको गितलाई बिरोध गर्दै नेकपाले दियो च्यालेन्ज ! (भिडियो)

peris-danda_

काठमाडौं : केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दै सत्तारुढ नेकपासम्बद्ध गायकले गीत निकालेका छन्।

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

पशुपति शर्माले देशका बेथितिलाई लक्ष गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए। उनले हटाए पनि गीत डाउनलोड गरेर सयौँ अकाउन्टहरूमा पुनः अपलोड भइसकेको थियो।

पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा यो गीट्ट घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए। हेर्नुस् सुनिता डंगोलले खिचेको भिडियो

https://www.facebook.com/AnnapurnaPost/videos/425369304938837/?t=86

अन्नपूर्णपोष्ट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds